Bisal Chautari Logo

शिवराजको, सस्तो रिबन चर्चामा (भिडियो सहित)

- १३ असार २०७१, शुक्रबार ०४:०९ मा प्रकाशित


 shivraj gurung  RIBAN SASTO CHA
विशाल चौतारी सम्बाददाता
काठमाडौं, २०७१, असार १३, शुक्रवार । गायक तथा संगीतकार शिवराज गुरुङको नयाँ म्युजिक भिडियोले यतिबेला नेपाली संगीत बजारमा निकै चर्चा बटुलिरहेको छ्र । पछिल्लो हप्ता मात्र टेलिभिजनहरुमा प्रशारण हुन थालेको ‘रिवन सस्तो छ’ बोलको म्युजिक भिडियोले छिट्टै दर्शक स्रोताहरुको मन जित्न सफल भएको गायक शिवराजको बताए ।shivraj gurung  RIBAN SASTO CHA
दिपक विष्टको निर्देशन र सम्पादनमा बनेको उक्त म्युजिक भिडियोलाई नबिन गुरुङले छायाँकन गरेका हुन् । भिडियो रिलिज नभइ सुटिङपछी नै चर्चा पाएको यस म्युजिक भिडियोको प्रोमो सार्वजनिकसंगै चर्चा चुलिएको थियो । मोडेल किरण लाकौल र अभिनेत्री सुष्मा अधिकारीको अभिनय रहेको यस म्युजिक भिडियोलाई डीएनएस इन्टरटेन्टमेन्टले निर्माण गरेको हो । एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको यस म्युजिक भिडियो भर्खरै मात्र युट्युब लगाएतका सामाजिक संजालहरुमा सार्वजानिक भएको छ । सामाजिक संजालमा समेत निकै नै लोकप्रिय बनिरहेको यस म्युजिक भिडियो पछिल्लो समय आफ्नो निकै नै आशालाग्दो भिडियो बनेकोले यो म्युजिक भिडियो राम्रो चल्नेमा अभिनेत्री सुष्मा अधिकारीले बताइन् । यस्तै निर्देशक तथा सम्पादक दिपक विष्टले आफ्नो करियार मै यो उत्कृष्ट भिडियो बनेको बताएका छन् । गायक शिवराज गुरुंङले छिट्टै नै भिसिडी एल्बम बजारमा ल्याउने जानकारी दिए ।

भिडियो हेर्नका लागी यहा क्लिकमा थिच्नुहोला ।

ad

प्रतिक्रिया