Bisal Chautari Logo

सलमानको ‘जय हो’की अभिनेत्री डेजी विरुद्ध हत्या गर्न खोजेको आरोपमा मुद्धा दायर

- २८ माघ २०७०, मंगलवार १३:२० मा प्रकाशित


कन्नोज : अभिनेता सलमान खानको पछिल्लो चलचित्र ‘जय हो’की अभिनेत्री डेजी शाहलाई हत्या गर्न खोजेको आरोपमा एक गम्भिर मुद्धा भारतको उत्तर प्रदेशको कन्नोजमा दर्ता भएको छ । सत्येन्द्र यादव नामक एक अभिनेता तथा राजनितिकमा सकृय व्याक्तिले सो मुद्धा अभिनेत्री डेजीसंगै अन्य करिव डेढ दर्जन मानिसहरुका विरुद्धमा मुद्धा दर्ता गराएका छन् ।
कहिले काहि चलचित्र निर्माणमा समेत गर्ने गरेका सत्येन्द्रले डिसेम्बर २०१३ मा भएको एक कार एक्सिडेन्टमा आफुलाई मार्न खोजेको आरोपमा मुद्धा दायर गरिएको हो । जुन कार एक्सिडेन्टमा अभिनेता सत्येन्द्र धेरै ठुलो चोट लागेर घाइते भएका थिए । सो कार एक्सिडेन्ट हुदा एफआइआर भएपनि सो घट्ना आफुलाई मार्न गराइएको घट्ना भएकाले मुद्धा अहिले दायर गरिएको हो । मुद्धामा अभिनेत्री डेजी शाह र कोरीयोग्राफर गणेश आचार्यलाई समेत गरी २१ जनाको नाम रहेको छ । सत्येन्द्रले बताएका छन्, की डिसेम्बर मा उनको साथ भएको कार एक्सिडेन्ट मलाई मार्नका लागी गरिएको थियो ।

प्रतिक्रिया