Bisal Chautari Logo

गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक

- २९ आश्विन २०८०, सोमबार १७:०५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
 २०८० असोज २९ सोमवार।
 गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन क्रुजको टिममा देखिदै आएकी एञ्जल सामाजिक सञ्जालमा चर्चित छिन् । आन्टीको मुख्य पात्रमा लक्ष्मी जोशीले अभिनय गरेकी छिन् । भने उनलाई अमिका क्षेत्रीले साथ दिएकी छन् ।

घटस्थापनाको दिन सार्वजनिक गीतको लेखक र संगीतकार समेत उनी आफै हुन् । मायुलको यो पहिलो सार्वजनिक गीत हो । बहुचर्चित लोकदोहोरी गीत ‘झम्के फुली’, ‘दमौलीमा गेट’, ‘चागुँ नारायण थान’, ‘कोठी गालैमा’ जस्ता लोकप्रिय गीतका गायक घमेश दुलाल मायुलका बुबा हुन् । गायिका सुनिता सुनिता दुलाल उनको फुपु हुन । पारिवारिक वातावरण लोक गीतसंगीतमय भएपनि उनको झुकाव भने ¥याप, आर एन्ड बी, एस्थेटिकमा छ । यसो किन त रु सुरु–सुरुमा लोकगीत गाउन मन भएपनि आफ्नो स्वर अन्य विधाका गीतका लागि उपयुक्त हुने ठानेको उनी बताउछन् ।

राइज मिडिया नेटवर्कको प्रस्तुति आन्टीकी छोरीको कार्यकारी निर्देशक सुब्रत आचार्य हुन् । भने भिडियोलाई साइब्रत आचार्यले निर्देशन गरेका हुन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियोको सम्पादन सिमोन लामा ९किरण०, कलर बिजेश पौडेल र कोरियोग्राफी सम्पन्नता विन्दिकारले गरेकी हुन् ।

प्रतिक्रिया