विशाल चौतारी समाचार
काठमाडौं, २०८० असोज २८ आइतवार । आजबाट दशैंको उमंग नेपालीहरुको घरमा प्रवेश गरेको छ । दशैंको उमंगले छोएसँगै नेपाली गीतसंगीतमा पनि महान् पर्व लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन् ।
यसैबिच, गायीका रानी शाक्य र सङ्गीतकार तथा गीतकार राजनराज शिवाकोटीको यूगल गायनमा नयाँ गीत सार्वजनिक गरिएको छ । दशैं विशेष भन्दै सार्वजनिक गरिएको ‘मन परेसी’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत, देवेन्द्र केसीको शब्द छ । यो गीतको भिडियोमा कलाकार दीपाश्री निरौलाको साथमा कमेडियन सन्दिप क्षेत्री, मोडलद्धय सरोज राणा प्रजा र आभा थापाको अभिनय हेर्न सकिन्छ ।
प्रतिक्रिया