Bisal Chautari Logo

किरण गजमेरको ‘अजात’ शिर्षको गित सार्वजनिक

- २८ आश्विन २०८०, आईतवार १७:०५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
२०८० असोज २८ आइतवार ।
‘भ्वाइस अफ नेपाल’ सिजन ३ का विजेता किरण गजमेरको आवाजमा रहेको नयाँ गीत ‘अजात’ सार्वजनिक भएको छ।

विकु दादाको शब्द रहेको गीतमा किरणको नै संगीत रहेको छ। प्रेममा न उमेर न जातले छेक्छ भन्ने संदेश बोकेको पूर्वेली भाकाको भिडियोलाई मौशम हिमालीले निर्देशन गरेका छन् । मौसमको नै कोरियोग्राफी रहेको भिडियोमा किरण गजमेर र विम्बु मगर फिचर रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया