Bisal Chautari Logo

चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक

- २२ आश्विन २०८०, सोमबार १९:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
२०८० असोज २२ सोमवार
ब्लकबस्टर चलचित्र ‘पशुपतिप्रसाद को दोस्रो श्रृंखलाको रुपमा बनेको चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का स्टार चलचित्रमा भष्मे डन पात्रको कथा पेश र्गछ ।

‘सात वर्षपछि सुनले सुख ल्याउला कि दुःख’ भनेर प्रश्न गर्दै निर्देशकले ‘भष्मे डन’ पात्रमार्फत धनभन्दा मानवीय सम्बन्ध महत्वपूर्ण हुने सन्देश दिन चाहेका छन् । पशुपति क्षेत्रमा कब्जा जमाएर बसेको भष्मे डनलाई यतिबेला अर्को डनको चुनौती आइलागेको छ । दोस्रो श्रृंखलामा भष्मेले सौगात मल्लको पात्रको चरित्रसँगको लडाइँ लड्नुपर्छ । अर्कोतर्फ, भष्मेसामु आफ्नै अस्तित्व र पहिचानको लडाइँ लड्नुपर्ने चुनौती छ ।

द्वन्द्वका दुई आयाममार्फत निर्देशक र लेखकले पात्रलाई मानवीयकरण गर्ने प्रयत्न गरेका छन् । कुल मिलाएर ‘पशुपतिप्रसाद २’ भष्मे डन पात्रको नकारात्मकतादेखि सकारात्मकता तर्फको यात्राको कथा हो । अघिल्लो भागमा खलनायक चरित्रमा भष्मेलाई उतारेका निर्देशकले दोस्रो श्रृंखलामा भने उसमा आएको जीवनबोधलाई उतारेका छन् । भष्मे डनको भूमिकामा विपिन कार्कीले अभिनय गरेका छन् । साथै, ट्रेलरमा स्वस्तिमा खड्कासँग भष्मेको रोमान्टिक किस्सालाई पनि प्रस्तुत गरिएको छ । ट्रेलरको अन्त्यमा भष्मेले दिवंगत भइसकेको उसको मित्र पशुपतिप्रसादलाई स्मरण गर्छ । यो दृश्यले पक्कै पनि दर्शकलाई भावनात्मकरुपमा उद्देलित तुल्याउने पक्का छ

ट्रेलरमा प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, सजन थापा मगर, माओत्से गुरुङका चरित्रलाई पनि प्रस्तुत गरिएको छ । सात वर्षपछि पनि यी पात्रको जीवनमा खास ठूलो परिवर्तन भने छैन । टुकी आर्ट्सको ब्यानरमा चलचित्रलाई खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । यो चलचित्र दशैंको फूलपातीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया