Bisal Chautari Logo

स्यास सेरोमनिसँगै आफुलाई निखार्दै मिसेस् नेपाल कल्चर प्रतियोगी

- २० आश्विन २०८०, शनिबार १३:०० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
२०८० असोज २० शनिवार ।
 मिसेस् नेपाल कल्चर २०२३’ का ३६ प्रतियोगी अहिले आफुलाई निखार्दै छन् ।
प्रतियोगीताको विजेता बन्दै शिर्ष उपाधि हात पार्न उनीहरु प्रशिक्षण मार्फत आफुलाई निखारी रहेका हुन् ।
नेपाली समाजको गौरवशाली साँस्कृतिक पृष्ठभूमि र त्यसको महत्वलाई सवद्र्धन र प्रवद्र्धन गर्न योगदान दिने उदेश्यले युहान इन्टरनेसनलले गत बर्षदेखि यो प्रतियोगीताको थालनी गरेको हो ।

प्रतियोगीताको यो दोस्रो संस्करणका लागि तीनसय बढी आवेदनबाट बिभिन्न चरणको अडिसन माफैत ३६ प्रतियोगी अन्तिम चरणका लागि छानिएका हुन् । यस्तैमा सबै प्रतियोगीलाई आयोजकले प्रतियोगीताको फाइनल प्रतिस्पर्धाका लागि आधिकारिकता प्रधान गर्न स्यास बितरण गरेको छ । कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको टिटीएफसी फुड कोर्टमा आयोजित स्यास तथा प्रेस प्रेजेन्टेसन कार्यक्रम परिवारका सदस्यकै हातबाट स्यास बितरण गरिएको थियो ।

विवाह अगाडि र विवाह पछाडि पारिवारिक परिवेश र जिम्मेवारी फरक भएपनि व्यक्तिको जीवनमा परिवारको भुमिका महत्वपूर्ण रहन्छ भन्ने मनन गराउन परिवारको हातबाट स्यास बितरण गरिएको आयोजक युहान इन्टरनेसनलका सानु खानले बताए । नेपाल साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको समेत उपस्थिती कार्यक्रममा रहेको थियो । स्यास
सेरोमोनीलाई ग्ल्यामराइज भन्दा पारिवारिक परिवेशको छनक दिंदै पारिवारिक सम्बन्ध गरिमा बढाउने तरिकाले गरिएको थियो ।

स्यास सेरोमोनी पश्चात् प्रत्येक सहभागीले प्रेस प्रेजेन्टेसन गरेका थिए । युहान इन्टरनेसनलको ब्यानरमा सानु खान ईभेन्ट
व्यवस्थापक रहेको कार्यक्रमको फाइनल कार्तिक १ जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना हुनेछ । प्रतियोगिताको कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्य रहेका छन् भने ब्राण्ड एम्बेसडर प्रथम मिस नेपाल रुबी राणा शाह रहेकी छन्

प्रतिक्रिया