Bisal Chautari Logo

अनिल शाहसंग मोबाइल गफ

- २८ माघ २०७०, मंगलवार १७:०६ मा प्रकाशित


अनिल शाह –बैंकर
सबैभन्दा पहिले मोबाइल कहिले बोक्नुभयो ?
एनटीसीले मोबाइल फोन सेवाको विधिवत् शुरू गरेलगत्तै मैले पनि बोकिहालें ।
कुन सेट थियो पहिलो ?
नोकियाको थियो । सेट पनि एनटिसीले नै दिन्थ्यो ।
अहिलेसम्म कुनै सेट हराउनुभयो कि भएन ?
हराएको छैन ।
मोबाइल फोन गिफ्ट पनि दिनुभएको छ कि ?
केही समयअघि मात्र छोरीको १२औं जन्मदिनका अवसरमा उनलाई मोबाइल गिफ्ट दिएँ ।  श्रीमतीलाई पनि दिएको छु । 

आफूले पनि मोबाइल गिफ्ट पाउनुभएको छ ?
पाएको थिएँ, आइफोन । दुई वर्षअघि ।  
अहिले कतिवटा मोबाइल बोक्नुहुन्छ ?
दुईटा । आइफोन–४ र ब्ल्याकबेरी ।
मोबाइल किन्दा कुन कुरालाई प्राथमिकता दिनुहुन्छ ?
साधारणतया फोनिन फिचर त प्रधान हुन्छ नै, क्यालेन्डर फिचरलाई पनि प्रमुख आवश्यकता ठान्छु । डायरी फिचर पनि, ताकि  मिटिङ अनि कार्यक्रमहरु मोबाइलमा रेकर्ड राख्न र व्यवस्थापन गर्न सजिलो होस् ।
कुन कलरको मोबाइल मनपर्छ ?
ब्ल्याक ।
दिनमा कतिवटा कल उठाउनुहुन्छ ?
धेरै नै आउँछन् । एभरेजमा ५० कलजति उठाउँछु होला ।
मोबाइल नम्बर कतिचोटि फेर्नुभयो ?
अहिलेसम्म फेरेको छैन ।
कस्तो बेलामा स्विचअफ गर्नुहुन्छ ?
स्विच अफ गर्दिनँ । आवश्यकता परे साइलेन्ट फिचरको प्रयोग गर्छु । प्राय: मिटिङमा बसेका बेला त्यस्तो हुन्छ ।
मोबाइलमा सबैभन्दा बढी कोसँग कुरा गर्नुहुन्छ ?
घरमै बढी कुरा हुन्छ । आफूसँग पनि छुट्टै मोबाइल भएपछि छोरी कल गरिरहन्छिन् ।  
प्रस्तुती : सरोज

प्रतिक्रिया