Bisal Chautari Logo

गायिका सुनिता दुलालको फेसबुक फ्यान पेज भेरिफाइड|नेपाली सेलिब्रेटिमा पहिलो

- ११ असार २०७१, बुधबार १२:४२ मा प्रकाशित


Sunita Dulal facebook verified page first time in nepal

Sunita Dulal facebook verified page first time in nepal
Sunita Dulal facebook verified page first time in nepal

विशाल राई 

काठमाडौं, २०७१, असार ११, बुधवार । पछिल्लो समयमा नेपाली सेलिब्रेटीहरु सामाजिक सञ्जालमा सकृय बन्दै गइरहेका छन् । एउटा सेलिब्रेटीहरुको लागी सामाजिक सञ्जाल आफ्ना फ्यानहरु समक्ष पुग्ने ठुलो अनी भरपर्दो माध्ययमपनि हो । यस्तै भरपर्दो माध्ययमलाई प्रयोग गर्ने कलाकारहरु संख्या नेपालमापनि दिनानुदिन बढीरहेको छ । आफ्ना कामहरु फ्यानहरु समक्ष पुर्‍याउन कलाकारहरु बढिजसो समय अहिले समाजिक सञ्जालमै झुमिरहेका देखिन्छन् ।

नेपालमा कलाकारहरुले बढी जसो प्रयोग गर्ने सामाजिक सञ्जालको माध्ययम भनेको फेसबुक हो । सोही फेसबुकमा नेपालबाट पहिलो चोटी चर्चित लोक तथा आधुनिक गायिका सुनिता दुलालको फेसबुक फ्यान पेज भेरिफाइड भएको छ । ४ लाख पैँसठी हजार भन्दा माथि लाइक रहेको गायिका दुलालको फेसबुक फ्यान पेज भेरिफाइड भएको केही दिन अगाडी मात्र हो ।

[gss ids=”4218,4217,4216″]

नेपालमा पत्रकारको एकमात्र भेरिफाइड पेज रविन्द्र मिश्रकोपनि रहेको छ । लाइकको आधारमा भन्दापनि विश्वसनियताको आधारमा फेसबुकले आधिकारीक रुपमा प्रमाणित गर्ने गरेको छ । नेपालमा फेसबुक लाइककै संख्या हेर्ने हो भने भेरिफाइड पेजहरु भन्दा बढी लाइक भएका पेजहरुपनि रहेका छन् । जस्तै चर्चित अभिनेत्री रेखा थापाको फेसबुक पेजमा लाइक गर्नेको संख्या ६ लाख ७५ हजार भएपनि फेसबुकले प्रमाणित भने गरीसकेको छैन । उता कलाकारहरुमा नेपालमै सबैभन्दा बढी लाइक हुने पेज यमा बुद्धको पेजमा लाइक गर्नेको संख्या ७ लाख बढी रहेको छ । त्यस्तै नेपाली सुगम संगीत तथा पाश्र्व गायनमा सबैभन्दा लाइक हुने गायक राजेश पायल राईकोपनि फेसबुक पेज अहिले सम्म भेरिफाइड हुन सकेको छैन । यती मात्र होइन अन्य कलाकारहरुको पेजमापनि लाइक गर्नेको संख्या माथि रहेपनि भेरिफाइड भने हुन सकेको छैन ।

कसरी हुन्छ फेसबुक भेरीफाइड ?

चचिर्त व्यक्तित्व र धेरै संख्यामा समर्थक तथा फ्यानहरु भएको पेज वा प्रोफाइललाई फेसबुकले बिस्वस्नीय भएको पुष्टी गर्दै भेरिफाइड सिग्नल दिने गरेको । यसरि फेसबूकले आधिकारिकरुपमा प्रमानित गरेको व्यक्तिगत प्रोफाइृल वा पेजमा निलो चिनो देख्न सकिन्छ । प्रमानिक हुने व्यक्तिगत प्रोफाइृल वा पेज निम्न हुन सक्छन् :
– सेलिव्रेटि
– पत्रकार
– सरकारी अधिकारी
– लोकप्रिय ब्राण्ड र व्यबसाय, आदी ।

फेसबुक पेज भेरिफाइडका फाइदाहरु के ?

१. फेसबुक पेज भेरिफाइड भयो भने सम्वन्धित व्याक्ति वा संस्थालाई आफ्नो कुनै नयाँ काम तथा प्रोडक्ट जनता समक्ष वा फ्यानहरु समक्ष पुर्‍याउन सजिलो हुन्छ ।
जस्तै : गायिका सुनिता दुलालको नयाँ एल्बम बजारमा आएपछि त्यो एल्बमका गीत तथा भिडियो सियर गरेपछि लाइक गर्ने व्याक्तिहरुले देख्न पाउँछन् ।
२. फेसबुक पेज भेरिफाइड भएपछि आफ्ना फ्यानहरु एकमुस्ट हुन्छन् ।
जस्तै : गायिका सुनिता दुलालको नामबाट बनेका धेरै फ्यान पेजहरु छन् भने सो भेरिफाइड पेजको चिन्हले आधिकारीक जनाउछ । अन्य फेक फ्यान पेजहरु क्रमश हराउछन् ।
३. सेलिव्रेटिहरुले आफ्ना फ्यानहरुसंग सजिलोसंगै मिल्न पाउछन् । उता दर्शकहरुपनि आफुलाई मनपरेको कलाकारको बारेमा नजिकबाट जान्न पाउछन् । आदी ।

समाचारमा भएका नामहरुको फेसबुकपेजमा जानका लागी नाममा क्लिक गर्नुहोस् ।

Sunita Dulal facebook page
Rabindra Mishra facebook page
Rajesh payal rai facebook page
Rekha Thapa facebook page
Yama Buddha facebook page

ad

प्रतिक्रिया