Bisal Chautari Logo

रातो घाँघर र उध्रेको चोलीपछी ‘रक्सि गिलिनमा’ लिएर आउदै इन्दिरा र लक्षु

- ११ असार २०७१, बुधबार ०४:४७ मा प्रकाशित


indira joshi new songindira joshi new song (2)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ११, बुधवार । चचिर्त पप गायिका इन्दिरा जोशी र गायक लक्षु निरौलाको युगल गित ‘रक्सि गिलिनमा’को म्युजिक भिडियो आउने भएको छ । गत साता मात्र अडियो रिलिज गरेको यो गितको शनिबार गोदावारीको केबी स्टुडियोमा म्युजिक भिडियोको छायांकन गरिएको हो । उक्त म्युजिक भिडियोलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन्, भने बिदुर पाण्डेले खिचेका छन् ।
निर्देशक पौडेलले सो गितमा गायिका जोशीलाई एउटा कुशल डान्सरको रुपमा पनि पर्दामा उतारेका छन् । म्युजिक भिडियोमा गायक निरौलालाई कमेडी बेसमा उतारेका छन् । डान्सिङ गितको शब्द तथा एरेन्ज महेश ज्ञवालीको हो । यो म्युजिक भिडियोमा गायिका जोशीलाई उत्तम क्रियसनको कस्टुममा निकै आकर्षक र सेक्सी देखिएको छ । सुन्दा निकै फरक शैलीको लाग्ने यो गीतलाई अधिकांस संगीत पारखीले मन पराउने गायिका जोशीले दाबि गरेकी छिन् । उता गायिका इन्दिरासंग काम गर्न पाउदा खुसि लागेको गायक निरौलाले बताए । म्युजिक भिडियो एक महिनापछी सार्बजनिक गरिने निर्देशक पौडेलले बताए ।indira joshi new song (1)

ad

प्रतिक्रिया