विशाल चौतारी समाचार
काठमाडौं, २०८० असोज २ मंगलवार । अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने सिनेमाको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन् ।
उनले निर्देशन तथा अभिनय गर्ने सिनेमाको नाम ‘ह्याप्पी डिभोर्स’ राखिएको छ । सिनेमामा उनका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ । अर्को बर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने सिनेमाको रिलिज समेत यही बर्ष गरिनेछ । सिनेमा अन्य केही कलाकारहरु अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए ।
मंगलबार नै सिनेमाको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् । विशाल पोखरेलको संगीतमा तयार भएको शिर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।
प्रतिक्रिया