Bisal Chautari Logo

‘यो कथा हो तिम्रो मेरो’को अडियो, भिडियो र प्रोमो एकसाथ सार्वजनिक

- ११ असार २०७१, बुधबार ०३:३८ मा प्रकाशित


Yo Katha Ho Timro MeroYo Katha Ho Timro Mero (2)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ११, बुधवार । चलचित्र ‘यो कथा हो तिम्रो मेरो’को अडियो, भिडियो र प्रोमो एकसाथ सार्वजनिक भएको छ । काठमाडौंमा हिजो मंगलवार एक पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रको अडियो, भिडियो र प्रोमो एकसाथ सार्वजनिक गरिएको हो ।
चलचित्रको अडियो, भिडियो र प्रोमो सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक ओम प्रतिकले पारिवारिक रोमान्टिक चलचित्र बनेको बताए । निर्देशक प्रतिकले बताए अनुसार ‘प्रेममा हुने हार जीतको कथा सिनेमाले बोकेको छ ।’ द फ्रेम क्रियशन प्रा.ली.को व्यानरमा निर्माण भएको यो चलचित्रको सार्वजनिक गीतहरुलाई पछिल्लो समयका ब्यास्त संगीतकार विकाश चौधरीले गरेका हुन् ।

कार्यक्रममा बोल्दै संगीतकार चौधरीले भने–‘मैले अहिले सम्म गरेको चलचित्रका संगीतहरु भन्दा यो सिनेमाको गीतहरु राम्रा बनेका छन् । राम्रौ बन्नुको कारण भने शब्द तथा अन्य धेरै कुराहरुमा राम्रो भएकाले समग्र गीत राम्रो बनेको बताए ।
त्यस्तै चलचित्रका अभिनेता सुनम सिहंले भदौको १३ गते चलचित्र रिलिज भएपछि दर्शकहरुले यो सिनेमा हेरे आफुले अहिले सम्म नबोलेको संवाद्धहरु फरक रहेको बताए । भने–‘संवाद मात्रै होइन, अभिनयमा पनि फरकपन दिन खोजेको छु ।’ त्यस्तै चलचित्र ‘होस्टल’मा छोटो भूमिकामा देखिएकी नव अभिनेत्री रिस्ता बस्नेतले दोस्रो चलचित्रमा नै मुख्य भूमिका पाउँदा खुसी लागेको बताइन् । भनिन्–‘मैले चलचित्रमा निकै च्यालेञ्जिङ भूमिकालाई न्याय गर्ने कोशिस गरेको छु ।
सार्वजनिक गरिएको अडियो, भिडियो गीत ४ वटा समावेश गरिएको छ । गणेश सुवेदी, शंकर अधिकारी ‘घायल’ र रवि कार्कीको शब्द रहेको प्रस्तुत गीतहरुमा राजेश पायल राई, दिपक लिम्बु, रजिना रिमाल, शिव परियार, मनिषा पोखरेल र प्रविशा अधिकारीले स्वर दिएका छन् ।
रमेश कुमार राईको कथा रहेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’मा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिकको मुख्य भूमिका छ । चलचित्रमा रोशन श्रेष्ठको दन्द्ध निर्देशन, सुरेश बज्राचार्यको छायांकन रहेको छ । चलचित्रको कार्यकारी निर्माता राम बुढाथोकी हुन् भने अनिल हेक्का सह–निर्माता र रमेश प्रजापती निर्माता रहेका छन् ।

ad

प्रतिक्रिया