विशाल चौतारी समाचार
काठमाडौं, २०८० भाद्र ३० शनिवार। रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्रको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । चलचित्रको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित चलचित्रका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए ।
चलचित्रको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ । बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।
आगामी वर्ष २०८१को नयाँ वर्षलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।
प्रतिक्रिया