Bisal Chautari Logo

मिस नेपाल २०१४ को आवेदन खुल्ला, यस वर्षको मिस नेपाललाई इशानिको स्थान उछिन्न चुनौती

- २९ माघ २०७०, बुधबार १३:०० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २९ माघ ।
गत वर्षको मिस नेपाल इशानी श्रेष्ठले मिस नेपालको उपाधि जितेर आफ्नो नाम देशलाई मात्र चिनाएनन्, उनले सारा संसारलाई नेपाल देश र नेपालको कला–संस्कृतीलाईपनि मिस नेपालको टप १० मा पुगेर चिनाईन् । यहि आसालाई अझ माथि पुर्‍याउन नेपालको १९औँ संस्करण, द हिडेन ट्रेजर मिस नेपाल २०१४ को आवेदन मिस नेपाल आयोजक ‘द हिडेन ट्रेजर’ले खुल्ला गरेको छ । बुधबार राजधानिमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस वर्षको मिस नेपाल आउँदो मे ३, २०१४ मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न हुने बारेमा जानकारी गराएको थियो ।
युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नका लागि आयोजना गरिएको मिस नेपालमा यस वर्षदेखि मिस चितवन, मिस पोखरा र मिस पूर्वाञ्चलको पनि सहकार्य रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । मिस नेपाल प्रतियोगीताका सबै नियमहरु पूरा भएमा मिस चितवन, मिस पोखरा र मिस पूर्वाञ्चलका विजेताहरुलाई मिस नेपालमा सिधै भग लिन दिइने पनि आयोजक द हिडेन ट्रेजरले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । लामो समयदेखी आयोजना गर्दै आएको ‘द हिडन ट्रेजर, मिस नेपाल २०१४को सह–प्रायोजक रहेको छन् । यसै पटक देखि मिस नेपाल २०१४ का विजेतालाई कार्यक्रमहरुमा जानका लागि औपचारिक कार उपलब्ध गराइदिनेपनि भएको छ ।
यस वर्षको मिस नेपाल २०१४ का विजेतालाई नगद उपहार मिस नेपाल (वल्र्ड)लाई रु १ लाख, मिस नेपाल (अर्थ)लाई रु ६० हजार र मिस नेपाल (इन्टरनेसनल) लाई रु ४० हजार प्रदान गरीने आयोजकले जानकारी गराएको थियो । साथै अन्य श्रेणीका विजेताहरुले रु १५,००० प्राप्तगर्नेपनि आयोजकले बताएको छ । यस वर्ष मिस ट्यालेन्ट, मिस पर्सानीलिटी, मिस फोटोजेनीक, मिस बेष्ट स्माइल, मिस फ्रेण्डशिप, मिस स्टाइलिस्, सामाजिक सञ्जाल फेसबुक भोटिङबाट पपुलर च्वाइज एसएमएस मार्फत उपाधी प्रदान गरिने भएको छ ।
प्रतियोगिताको फारम आजैदेखी वितरण भएको छ । र मिस नेपालको फारम मिस नेपालको अफिसीयल वेवसाइट www.missnepal.com.npबाट पनि डाउनलोड गर्न सकिने प्रावधान राखिएको छ । फारम बुझाउने अन्तिम मिति मार्च १४, २०१४ रहेको आयोजक द हिडेन ट्रेजरले बताएको छ । फारम भरेपछि अन्तर्वार्ता र अन्य प्रक्रियाबाट २०–२५ जना छानिन छन् । यस अघिका संस्करणहरु जस्तै यस पटक पनि तालिमहरु प्रदान गरिनेछ । सुन्दरीहरुलाई तालिम सानेपाको इन्टरनेसनल क्लबमा दिइनेपनि आयोजकले बताएको छ । यस वर्षका तालिमहरु वन्यजन्तु, प्रकृति संरक्षण र महिला विरुद्ध हिंसामा पनि केन्द्रित रहने बताइएको छ । यस्तै यस पटक नेपालको समृद्धिशाली जैविक विविधता केवल हाम्रो देशको जनताको लागि मात्र नभएर सारा संसारको लागि प्राकृतिक सौगात रहेको विषयलाई उठान गर्ने बताइएको छ ।
आयोजक ‘द हिडन ट्रेजर’ले एउटा व्यवसायिक प्रशिक्षक र पूर्व मिस नेपाल स्वेता सिंह सिइओ नियुक्त गरेकोपनि बताएको छ ।

प्रतिक्रिया