Bisal Chautari Logo

युकेमा ‘प्रोड्युसर’ प्रर्दशन

- १० असार २०७१, मंगलवार १४:०२ मा प्रकाशित


jyotiraj rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार १०, मंगलबार । केही समय अगाडी रिलिजमा आएको चलचित्र ‘प्रोड्युसर’का प्रस्तुतकर्ता ज्योतिराज राई अहिले युकेमा रहेका छन् । आफ्नो सिही चलचित्र ‘प्रोड्युसर’ युकेबाट प्रर्दशनका लागी केही माग आएकाले केही हप्ता अगाडी युके गएका थिए । युकेमा भएको चलचित्र ‘प्रोड्युसर’को पहिलो प्रर्दशनमै दर्शकहरुले मनपराइ दिएकाले आफु खुसि रहेको ज्योतिराज राईले बताए । jyotiraj rai (1)
चलचित्र हेर्ने प्राय सबै दर्शकहरुले सिनेमा बनाउन त्यति सजिलो कुरा होइन भन्ने बुझेको प्रतिकृया दिएको ज्योतिराजले बताए । उनले भने –‘नेपाली चलचित्र क्षेत्रको बारेमा नजिकबाट जानकारी पाउन चलचित्र ‘प्रोड्युसर’ले सहयोग गर्ने प्राय दर्शकहरुले बताए’, चलचित्रका प्रस्तुतकर्ता ज्योतिराज राईले बताए । चलचित्र राम्रै रहदा रहदैपनि नेपालमा खासै ब्यावसायिक सफल्ता पाउन नसकेको चलचित्र ‘प्रोड्युसर’ले युकेमा भने दर्शकहरुको मन जित्दै प्रर्दशनहरु थपिइरहेको छ । jyotiraj rai (2)
आर.सि. पिक्र्चस प्रा.लिले निर्माण गरेको चलचित्र ‘प्रोड्युसर’लाई जनकदिप पराजुलिले निर्देशन गरेका हुन् भने राजकुमार राईको निर्माण र ज्योतीराज राईको प्रस्तुती रहेको छ । चलचित्रमा बाबु बोगडी, विल्सन विक्रम राई, स्याम अर्याल, स्याम राई आदी कलाकारहरुको अभिनय रहेको छ ।

ad

प्रतिक्रिया