Bisal Chautari Logo

रामकुमारको ‘स्याउली सिम्फोनी’ माधवकुमारले विमोचन गरे

- २९ माघ २०७०, बुधबार १३:४६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २९ माघ ।
लामो समयदेखी पत्रकारीतामा कलम चलाउदै आएका युवा पत्रकार तथा रामकुमार एलनको उपन्यास ‘स्याउली सिम्फोनी’ विमोचित भएको छ । बुधवार काठमाडौमा भएको एक कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले बिमोचन गरेका छन् ।
विमोचन समारोहमा बोल्दै वरिष्ठ नेता नेपालले जनयुद्धका घटनाहरुलाई केलाएर साहित्यिक पुस्तक प्रकाशन गरिँदा सर्वसाधारणले पाएको पीडा बाहिर आउने टिप्पणी गरे । भने–‘राजनीतिका विषयमा लेखिने साहित्यले समाजलाई नयाँ बाटोका लागि सहयोग पुग्ने मैले बिस्वास लिएको छु ।’ वरिष्ठ नेता नेपालले दन्द्धका विषयमा साहित्य लेखिन बाँकी रहेको र अझै लेखिनु पर्ने पनि साहित्य प्रेमीहरुलाई आग्रहपनि गरेका थिए । राजनीतिक पुस्ताले पनि दन्द्धका विषयमा लेखिएका साहित्यिक कृति अध्ययन गर्नु पर्ने धारणा नेपालले राखेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार श्यामलले दन्द्धका विषयमा आख्यान लेखिएको र यसले समाजको ओझेलमा परेको पाटो बाहिर आएको विश्लेशण गरे । यस्तै कार्यक्रममा बोल्दै यस पुस्तकका उपन्यासकार रामकुमार एलनले जनयुद्धका पेरिफेरिमा निम्छराले पाएको सास्ती उपन्यासमा समेटिएको बताए ।
पुस्तकलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो भने कार्यक्रम बिएन पुस्तक संसार प्रालिकै अध्यक्ष विष्ण्ुाकुमार पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया