Bisal Chautari Logo

भिषणको ‘चन्द्रमुखी’ सार्वजनिक

- १० असार २०७१, मंगलवार ११:०१ मा प्रकाशित


bhishan mukarung rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार १०, मंगलबार । नेपाली सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक भिषण मुकारुण राईको चौथो एल्बम ‘चन्द्रमुखी’ विमोचन भएको छ । काठमाडौमा हिजो सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि एल्बमको विमोचन गरिएको थियो । एल्बमलाई प्रमुख अतिथी तथा वरिष्ठ संगीतकार अम्बर गुरुङले संगीतकर्मी तथा पत्रकारहरुका बिच विमोचन गरेका छन् ।bhishan mukarung rai (2)
एल्बम विमोचन प्रमुख अतिथी गुरुङसंगै बुलु मुकारुङ, विश्व बल्लभ, सुरेश अधिकारी, लोचन भट्टराई, पुर्ण नेपाली, लक्ष्मण शेष, हेमन्त शर्मा लगायतले साथ दिएका थिए । कार्यक्रममा एल्बमको बारेमा समिक्षा गर्दै गायिका लोचन भट्टराईले गायक भिषणले गीतहरु छनौट गरेर गाउने हुनालेपनि एल्बमका गीतहरु राम्रो बनेको बताइन् । १० वर्ष अगाडीको चिनजानलाई बिस्तार लगाउदै लोचनले नाम भिषण भएपनि स्वर मधुर रहेकाले उनको आफु प्रशंसक रहेको बताइन् । त्यस्तै बिमोचन कार्यक्रममा प्रमुख अतिथी अम्बर गुरुङ लगायतले एल्बम ल्याएकोमा बधाई दिदै एल्बमका गीतहरु राम्रो बनेको समिक्षा गरे । एल्बम विमोचनसंगै एल्बमको शिर्ष गीत ‘ए चन्द्रमुखी’को म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो । bhishan mukarung rai (1)
नेपाली साङ्गीतिक क्षेत्रमा २०५९ सालदेखी लगातार रुपमा लागिरहेका गायक मुकारुङको एल्बम ‘चन्द्रमुखी’मा ९ गीतहरु समावेश गरिएको छ । एल्बममा ‘ए चन्द्रमुखी, बिनायोमा, अधेरीमा जुन फुल्दा (नयाँ भर्सनमा), तिमीलाई देखे, भुलेर मिमीलाई, आखामा आखै, कोही उदास, पिरतीको डोरी, हामिले नगरे’ बोलको गीतहरु समावेश गरिएको छ । एल्बममा समावेश गीतहरुलाई पारस मुकारुङ, भिषण मुकारुङ, महेश खड्का, सुरेश अधिकारी, बसन्त सापकोटा, बलराम समाल, दिनेश बान्तावाको संगीत रहेको छ, भने बसन्त थाम्सुहाङ, जीवन मुकारुङ, नविन दाहाल, कमार बिवाहित, जाड्बु शेर्पा, प्रभा आचार्य, शुभ मुकारुङ, कुल रुङ्माङ र दिनेश वान्तावाको शब्द रहेको छ ।
विश्वासको बन्धन’ नामक पहिलो एल्बमबाटै चर्चामा आएका गायक मुकारुङको सोही एल्बममा समावेश ‘अधेरीमा जुन फुल्दा’ बोलको गीतलाई दर्शक श्रोताहरुले मनपराएका थिए । त्यस्तै दास्रो एल्बमको रुपमा क्रमश: ‘शक्सेस’ र तेस्रो एल्बम ‘माहोल’ बजारमा आइसकेका छन् । आफ्नो एल्बम र अन्य गीतहरु गरी लगभग २५० हाराहारीमा गीत गाइसकेका छन् गायक भिषण मुकारुङले । विमोचन भएको एल्बममा मुकारुङको चर्चित गीत ‘अधेरीमा जुन फुल्दा’ नयाँ भर्सनमापनि राखिएको छ ।

ad

प्रतिक्रिया