Bisal Chautari Logo

‘गोर्खा वारियर’ डेब्यु अभिनेता रितेश चाम्सको चर्चा अन्तराष्ट्रिय मिडियाहरुमा

- ११ भाद्र २०८०, सोमबार २१:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० भाद्र, ११ सोमवार ।
नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भब्य प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएपछि यसको चर्चा र चासो अन्तराष्ट्रिय स्तरमै भैरहेको छ । नेपाल र नेपाली सिनेमा क्षेत्रको लागी यो गर्विलो इतिहास बन्दैछ । यहि फिल्मबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सको लागी भने अझ बढी कोसेढुङ्गा सावित भएको छ । अन्तराष्ट्रिय मिडियाहरुमा यो फिल्मको जति चर्चा भईरहेको छ, त्यति नै चर्चा रितेशको पनि भईरहेको छ ।

डेब्यु फिल्ममै यति धेरै अन्तराष्ट्रिय मिडियाहरुमा चर्चा पाउन सफल अभिनेता रितेशको समाचार तथा अन्तर्वार्ताहरु विश्वकै अग्रपंत्तिका मिडियाहरु रहेका छन् । जस्तै बीबीसी न्युज, डेलिमेल, स्काई न्युज, इन्डिपेण्डेन्ट न्युज, ग्रेट हिट्स एफएम, रेडियो युके, याहु न्युज, डेली मिरर, डेली स्टार, एलबिसि न्युज, आई न्युजपेपरको द पेज ३ प्रोफाइलमा समेत रितेशको कामको बारेमा समाचारहरु प्रकाशित भईरहेको छ । निर्देशक चाम्सका अनुसार अहिले सम्म थाहा पाए अनुसार १५२ बढी अन्तराष्ट्रिय समाचार माध्यमबाट ‘गोर्खा वारियर’को बारेमा समाचारहरु प्रकाशित भईसकेको छ । यहि समाचारहरु सामाजिक संजालमा सियर गर्दै निर्देशक मिलन चाम्सले लेखेका छन्, ‘प्राउड अफ यु माई हिरो, जय गोर्खा वारियर, थ्याङ्क्यु ब्रिटिस मिडिया ।’

‘गोर्खा वारियर’को प्रिमियर सन् २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिनेछ । चलचित्र ‘गोर्खा वारियर’को अन्तराष्ट्रिय चर्चाहरु हेर्दा सबैभन्दा बढी बक्सअफिसमा रेकर्ड ब्रेक गर्ने सिनेमा बन्न सक्ने आंकलन चलचित्र क्षेत्रमा चल्न थालेको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि केहि दिन अगाडी फिल्म ‘गोर्खा वारिअर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएका थिए । त्यस्तै सो प्रिमियरमा बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुती दिने तय भएको छ । निर्देशक चाम्सका अनुसार रेड कार्पेट प्रिमियरमा लन्डनस्थित नेपाली राजदूत, बेलायती मन्त्री, सांसद, लर्ड्स, ब्रिटिस सेनाको उच्च पदस्थ पदाधिकारी, हलिउड स्टार, वितरक, ब्रिटिस गोर्खा सैनिक, तिनका परिवार र नेपाली दर्शकको उपस्थिति रहनेछ । फिल्मले दोस्रो विश्वयुद्धको दौरान बेलायती सेनामा कार्यरत गोर्खा सैनिकले मलायामा लडेको युद्धको कथा पेश गर्छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । ‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया