Bisal Chautari Logo

‘एउटा साथी‘ पछि लक्ष्मण ‘काल’ र अञ्जुली’मा ब्यास्त

- ९ असार २०७१, सोमबार १८:४६ मा प्रकाशित


laxman subedi
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ९, सोमबार । लामो समय चलचित्र पत्रकारीता गरेका सञ्चारकर्मि लक्ष्मण सुवेदी पछिल्लो समय चलचित्र निर्देशन गर्न मै ब्यास्त बनेका छन् । चलचित्र ‘एउटा साथी’पछि सञ्चारकर्मी तथा निर्देशक सुवेदीले दास्रो चलचित्र ‘काल’ निर्देशन गर्ने भएका छन् । चलचित्र ‘काल’को कमलादी स्थित गणेश मन्दिरमा असार सोमबार ९ गते शुभ मुर्हत गरियो ।laxman subedi movie kal
पहिलो चलचित्र प्रदर्शनमा नआउँदै चलचित्र ‘काल’को निर्देशनको अवसर मिलेकोमा निर्देशक सुवेदीले खुसी व्यक्त गर्दै भने, ‘चलचित्रलाई राम्रो बनाउने प्रयास गर्छु । सबैको साथ र सहयोगको अपेक्षा छ’, सुवेदीले बताए । बताइए अनुसार आउँदो भदौको दोस्रो साताबाट ‘काल’को छायाँकन प्रारम्भ हुनेछ । चलचित्रका कलाकार तथा प्राविधिक भने पक्का गर्न बाँकी रहेकोछ । पाख्रिन फिल्मस्को प्रस्तुती रहेको चलचित्र ‘काल’मा काले पोखरा र डिवी कार्कीको संयुक्त लगानी रहेको छ । चलचित्र ‘काल’को सफलताको लागि विभिन्न संघ संस्थाको प्रतिनिधि एवं चलचित्रकर्मीले शुभकामना व्यक्त गरे । चलचित्र ‘काल’को शुभ मुर्हतमा ‘अञ्जुली’ नामक टेलिश्रृङखला निर्माणको पनि घोषणा गरियो । पाख्रिन फिल्मस्कै निर्माण रहने यो टेलिशृङ्खलालाई पनि निर्देशक सुवेदीले नै निर्देशन गर्नेछन् ।
आउँदो सोमबारबाट छायाँकन सुरु हुने ‘अञ्जुली’ टेलिशृङ्खलामा निर शाह, लक्ष्मी गिरी, केशव भट्टराई, आयुस्मान कार्की, सोम लामा लगायतको अभिनय रहनेछ । दशैं पछि टेलिभिजन प्रसारणमा आउने ‘अञ्जुली’ टेलिशृङखला पारिवारीक विषय वस्तुमा आधारित हुने निर्देशक सुवेदीले बताएका छन् । निर्देशक सुवेदीले निर्देशन गरेको चलचित्र ‘एउटा साथी’ भने दशैंको फूलपातीमा प्रदर्शन हुने तयारीमा रहेको छ ।

ad

प्रतिक्रिया