Bisal Chautari Logo

‘पुन्टे परेड’ निर्माता हरीलाई मातृ शोक

- ८ असार २०७१, आईतवार १५:२७ मा प्रकाशित


hari mahatpunte_parade_300x250
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ८ आइतबार । नेपाली चलचित्र क्षेत्रका निर्माता हरी महतलाई मातृ शोक परेको छ । गत शुक्रबार निर्माता महतकी आमाको निधन भएको हो । लामो समयदेखि महतकी आमाको स्वाथ्य अवस्था गम्भिर रहेको थियो । निर्माता हरी महत यतिबेला आमाको तेह्र दिने जुठो बार्न थानकोट घरमा रहेका छन् ।
महतद्धारा निमिर्त पछिल्लो चलचित्र ‘पुन्टे परेड’ प्रदर्शनको पर्खाइमा छ । महतको निर्माण एवं सुवास कोइरालाको निर्देशन रहेको यो चलचित्र यही साउन २ गते प्रदर्शनमा आउँदैछ । चलचित्रमा संयम पुरी, एन्जिला दाहालको मुख्य भूमिका छ । चलचित्रमा अभिनेत्री प्रियंकाकार्की विशेष भूमिका देखिनेछिन् । महतले यसअघि ‘आइ.एम.सरी’ चलचित्र निर्माण गरेका थिए । शोक सन्तप्त परिवारलाई धैर्य धारणाको कामना गर्दै विशाल चौतारी परिवार मृत आत्माप्रति चीर शान्तिको कामना गर्दछ ।

ad

प्रतिक्रिया