Bisal Chautari Logo

नेपालको लामो नङ भएको क्रिजलको दावी | नङको कारणले युवती झुमिन्छन्

- ८ असार २०७१, आईतवार १३:४२ मा प्रकाशित


विश्वकै लामो नङ बनाएर कीतिर्मान राख्ने चाहना छ।

krijal bashnet
तेजन खड्का
उर्लाबारी, २०७१, असार ८ आइतबार । हरेक मानिसहरुको आफुलाई फरक बनाउन चिनाउन भिन्न–भिन्न किसिमका रुपमा प्रस्तुत हुने गरेका छन् । त्यस्तै एक फरक शौख भएका व्यक्ति हुन्, झापा दमकका क्रिजल बस्नेत । उनको शौख देख्दा जो कोहिलाई आर्चश्यकचकित बनाउछ । बस्नेत आफ्नो नङ लामो पालेर विश्वमा रेकर्ड राख्न चाहान्छन्, राख्ने ध्याउन्नमा छन् । आफुले पालेको हातको नङ नेपालकै सबैभन्दा ठूलो भएको दाबी बस्नेतको दावी छ । २२ वर्षीय क्रिजलले विशाल चौतारीसंग कुराकानी गर्दै भने, ‘नङ पाल्नथालेको अढाई वर्ष भयो । नङ ५ इन्च लामो छ । मलाई लाग्छ यति लामो नङ नेपालमा छैन, नेपालको सबैभन्दा लामो नङ भएको व्यक्ति म नै हुनपर्छ’, क्रिजलले दाबी गरे ।krijal bashnet (1)
३५ वर्षको हुदा विश्वकै ठूलो नङ हुने कीतिर्मान बनाउन चाहन्छु, बस्नेत दावी गर्छन्, अहिले सम्म मेरो जतिको लामो नङ भएको कोहि भेटेको छैन् । krijal bashnet (3)आफ्नो नङको सबैले प्रशंसा गरेपछि पाल्न थालेको क्रिजलको भनाई छ । सानैदेखिको सौख भए पनि विद्यालयमा पढ्दा शिक्षकहरुले गाली गरेको कारण आफुले त्यसवेला नङ पाल्न नसकेको उनले बताए । ‘कति लुकाएर पाल्न खोजे,आह सकिन,उनले अतित सम्झिए, साथीहरुले सरलाई पोललगाइदि हाल्ने । फेरि कक्षा मनिटर पनि आफै भएकोले पनि त्यसवेला नङ पाल्ने शौखलाई त्यहि बिश्राम गरे । ०६२ र ६३ सालको जनआन्दोलनका क्रममा तत्कालीन माओवादी कार्यकर्ताले घरमा आएर नङ काटिदिदा आफु धेरै दुखी भएको उनले बताए । त्यसबेला म धेरै रोएको थिए । अढाई वर्षअघिदेखि मात्र पाल्न सुरु गरेका माओबादीले काट्दा उनको नङ दुई इन्चको थियो । करिब ९ महिनाअघिसम्म उनले दाहिने हातको पाचवटै औंलामा नङ पालेका थिए । तर चारवटा औंलाका नङ काटेको प्रति हाल उनी पछुतो महसुस गर्छन । बस्नेत भन्छन्–‘यस्तो प्रशंसा हुन्छ भन्ने जानेको भए नङ काट्ने नै थिइन । बस्नेतलाई नामले भन्दा पनि आजभोलि लामो नङ भएको केटा भनेर चिन्ने गरेका छन् । बसमा यात्रा गर्दा धेरैले नङबारे धेरै जिज्ञाशा राख्ने गरेको उनले बताए । हामी त कति नङ पाल्न खोज्छौ भाचिहाल्छ,तपाईको त कति राम्रो नङ कसरी यति लामो नङ पार्नु भयो भनेर सोध्ने गरेको क्रिजलको भनाई छ । krijal bashnet (4)लामो नङ देख्दा युवतीहरु झम्मिने गरेको उनको अनुभव छ । ‘नङ लामो भएर सवैले चिन्ने र प्रशंशा गर्ने गरेकोमा खुशी भएका क्रिजल नेपालमा कस्को लामो नङ छ भनेर प्रतियोगिता नभएको बताउछन् । नङको कारण कसैबाट नकारात्मक प्रतिक्रिया क्रिजलले पाएका छैनन् रे । क्रिजल भन्छन्,नङ पालेर नै विश्वकिर्ती मान राख्ने हो । एसएलसी उत्तीर्ण क्रिजल हाल पाचथरमा उत्पादित अदुवा, कागती, कुचो, खोर्सानी आदि सामाग्रीको व्यापारमा संलग्न छन् । दैनिक काम गर्दा हालसम्म पनि नङमा कुनै असर नपुगेको बताउदै क्रिजलले जीवनभर नङ नकाट्ने अठोट लिएका छन् । नङमा मात्र वार्षिक १५ हजार रुपैयाखर्च हुने उनले बताए । नङमा पोलिश र सफा गर्न आफ्नो खर्च लाग्ने उनले बताए । यदि नङ भाचियो भने आफु संसारको दुखी हुने बस्नेतको भनाई छ ।

ad

 

प्रतिक्रिया