teriya magar dance india dance winner
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ८ आइतबार । बुटवल नेपालकी बालिका तेरिया मगरले चर्चित भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको चर्चित रियालीटी सो डीआईडी लिटिल मास्टर्स–३ को उपाधि चुमेकी छिन् । हिजो शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि चुमिके हुन् । प्रतियोगिताको उपाधिसहित तेरियाले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छिन् ।
अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन् । मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी उनले उपाधि हात पारेकी हुन् । डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन् ।
[gss ids=”4158,4157,4156,4154,4155″]
भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन् ।
प्रतियोगीतामा भारत कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, दोस्रो भइन्, भने भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टे तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेललाई पछि पारेकी हुन् । सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङपनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए ।
ad
प्रतिक्रिया