Bisal Chautari Logo

निर्देशनमा व्यास्त विज्ञान, | एकैचोटी ५ म्युजिक भिडियो सार्वजनिक

- ७ असार २०७१, शनिबार १४:०२ मा प्रकाशित


नव प्रतिभा

विशाल चौतारी समाचार Bigyan rai
काठमाडौं, २०७१, असार ७ शनिबार । पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा एल्बमका गीतहरु बनिरहेका छन्, उती नै मात्रामा म्युजिक भिडियो निर्देशकहरु भित्रिने क्रमपनि जारी रहेको छ । जस्ले राम्रो काम गर्छन्, सोही निर्देशक व्यास्त बनिहाल्छन् । यस्तै क्रममा निर्देशक विज्ञान राई पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यास्त बनेको बताउछन् ।Bigyan rai
केही समय अगाडी निर्देशक विज्ञानकै निर्देशनमा बनेको ५ वटा म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको थियो । गायक योगेन्द्र राईको ‘दिङ्ला बजारमा र आज यहाँ भोली कहाँ’, अपन श्रेष्ठको ‘सलल बगेको’, एलेन हुलेको ‘भेटौला हामी’ र उमंग लामाको ‘तुम्लिङको डाडाँ’ बोलको गीत सार्वजनिक भएको हो ।
अहिले सम्म एक दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक विज्ञान निर्देशनका अलवा धेरै म्युजिक भिडियो तथा चलचित्रको एडिटरपनि हुन् । अहिले सम्म करिव २ सय वटा भन्दा बढी म्युजिक भिडियोको एडिटिङ गरेको विज्ञानले विशाल चौतारीलाई बताए । करियरको सुरुवातमा ‘ब्रिटिस मिडिया नेटवर्कको प्रोडक्सनमा बनेको ‘गोर्खाली गाथा’ कार्यक्रममा आफुले क्यामेरा र एडिटिङको काम गरेको बताए ।
सानै उमेरदेखी निर्देशन क्षेत्रमा लागेर योगदान गर्ने चाहना भएकाले सकेसम्म राम्रा प्रोजेक्टमा काम गरेर दर्शकहरुलाई मनोरञ्जन दिने चाहना रहेको बताए । उनले बताए अनुसार ठुलो पर्दाको चलचित्र निर्देशनमा छिट्टै आउने बताए ।

ad

प्रतिक्रिया