Bisal Chautari Logo

१९९९को युद्धमा गार्खालीले निभाएको भुमिकामा ‘निशानी’ (भिडियो सहित)

- ७ असार २०७१, शनिबार ०८:०६ मा प्रकाशित


NISHANI Nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ७ शनिबार । सन् १९९९ मा भएको खलुबार कार्जिल युद्धमा १४ जना गोर्खालीले ज्यान गुमाएका थिए । सोही खलुबार कार्जिल युद्धमा विर गोर्खालीले निभाएको भूमिकामा आधारित चलचित्र ‘निशानी’ आउँदो भदौ २७ गतेदेखी अल नेपाल प्रर्दशनमा आउने भएको छ ।

[gss ids=”4139,4142,4141,4140″]

इन्डियन आइडल तथा नेपाली गायक, अभिनेता प्रशान्त तामाङको प्रमुख अभिनय रहेको चलचित्र ‘निशानी’ युनिटले काठमाडौमा एक प्रेसमिट गर्दै चलचित्रको प्रदर्शन मितिसंगै सिनेमाको गीत, प्रोमो सार्वजनिक गरेको छ । चलचित्र ‘निशानी’का प्रस्तुतकर्ता प्रेम सुब्बाले कार्यक्रममा बोल्दै विर गोर्खालीलाई चिनाउन चलचित्रमा लगानी गरेको बताए । सार्वजनिक गरिएको दुई गीत र प्रोमोलाई उपस्थित पत्रकार लगायतले राम्रो रहेको प्रतिकृया दिएका छन् ।
वीर गोर्खा सिपाहीहरुको वीरताको कथा भनिएको चलचित्र ‘निशानी’मा विनोद सेरेङको लेखन एवं निर्देशन रहेको छ । चलचित्रमा प्रशान्तसँगै प्रेम सुब्बा, अनु गुरुङ, विष्ण्ुा चेम्जोङ, शिरु विष्ट लगायतको अभिनय रहेको छ । चलचित्र ‘निशानी’ मा युवराज राईको छायाँकन एवं बिबी अनुरागीको संगीत रहेको छ, भने जनक गुरुङ चलचित्रका दन्द्ध निर्देशक हुन् । फिल्ममा नृत्य निर्देशन गोविन्द राई र शिव शर्माले गरेका छन् । चलचित्रमा सरोज भण्डारी र ललिता सेरेङको लगानी छ ।

भिडियो हेर्न क्लिक लेखिएको ठाउमा थिच्नु गर्नुहोला ।

ad

प्रतिक्रिया