Bisal Chautari Logo

‘ऐंचो पैंचो’को ‘काले केटाले’ गीत सार्वजनिक, स्वस्तिमा र बर्षासंग एलेक्सको ठुम्का

- ११ श्रावण २०८०, बिहीबार १७:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० श्रावन, ११ बिहिवार ।
आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको गीतमा संगीतकार अविरल र अस्मिता अधिकारीकको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमाको सार्वजनिक गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । कृषा चौलागाईको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक गीतमा प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । सिनेमाको गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराई सिनेमालाई सफलताको शुभकामना दिए ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

प्रतिक्रिया