Bisal Chautari Logo

शिव परियारको ‘कसरी भुल्नु तिमीलाई’ गीत सार्वजनिक

- ८ श्रावण २०८०, सोमबार २२:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० श्रावन, ८ सोमवार ।
गायक शिव परियारको स्वर, सत्यकला लामाको शब्द र संगितकार सिडी विजया अधिकारीको संगितमा ‘कसरी भुल्नु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उर्गेन दोङको एरेन्ज र दीपेश प्रधानको मिक्सिङ तथा मास्टरिङ छ ।

एएमएस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको उक्त गीतको भिडियोमा नयन सिंह, याङी दोङ, कुमार कार्की र लिलम थापा फिचर्ड छन् । गीत प्रेम र वियोग थिममा आधारित छ ।

विक्रम चौहान निर्देशित भिडियोमा नरेश अय्यरको छायांकन, लक्ष्मण चौहानको सम्पादन, मिलन विश्वकर्माको कलर ग्रेडिङ छ । भिडियोका निर्माता कुमार कार्की हुन् । भिडियो एएमएस इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया