Bisal Chautari Logo

‘एक भगवत् गीता’को टिजर सार्वजनिक, कमलामाईको अवतारमा विपिन कार्की

- २९ असार २०८०, शुक्रबार ११:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० आषाढ, २९ शुक्रवार ।
प्रतिक्षित फिल्म ‘भगवत् गीता’को टिजर सार्वजनिक भएको छ । कमलामाईको अवतारमा अभिनेता विपिन कार्कीलाई चित्रण गरिएको छ । ‘भगवत् गीता’ शीर्षकको अगाडि ‘एक’ शब्द थप्दै टिजर सार्वजनिक गरिएको हो । आज बिहानै शुक्रबार युट्युबमा सार्वजनिक भएको १ मिनेट ३२ सेकेण्डको टिजरमा विपिनको लुक्स र भूमिकाले ‘सरप्राइज’ बनाएको छ । ट्रान्सजेन्डर महिलाको भूमिकामा विपिनको चरित्र हिंसात्मक भावको देखिएको छ ।

जनकपुरधाम स्थित जानकी मन्दिरबाट सुरु टिजरमा अभिनेत्री सुहाना थापा त्रसित भावमा देखिएकी छन् भने अभिनेता धिरज मगर गुरुङ परिहनमा झुल्किएका छन् । झरना थापाद्वारा निर्देशित फिल्ममा विपिन, धिरज र सुहानासंगै कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय छ ।
सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको कथा निर्देशक थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ । राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

प्रतिक्रिया