Bisal Chautari Logo

ALISHA SHRESTHA चौथो ‘एसएसली प्रिन्सेस २०१४’ बनिन्

- ६ असार २०७१, शुक्रबार ०९:४४ मा प्रकाशित


Alisha Shrestha SLC Princess 2014 WinnerAlisha Shrestha SLC Princess 2014 Winner (1)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ५ बिहिबार । ‘चौथो एसएलसी प्रिन्सेस–२०१४’को उपाधि स्वयम्भू काठमाडौंकी १५ वर्षीया अलिसा श्रेष्ठले जितेकी छिन् । विभिन्न चरण हुदै उत्कृष्ट १० मा छानिएपछि लिखित तर्फ सबै भन्दा राम्रो जवाफ दिएर उनले एसएलसी प्रिन्सेसको ताज जितेकी हुन् । अलिसाले टिभिएस स्कुटर, ए लेभल अध्यायनको पूर्ण छात्राबृति सहित विभिन्न उपहारसँगै आयोजकको रोजाईको अवार्ड पनि हाँसिल गरिन् ।
२०७० सालमा एलएससी परीक्षा दिएर बसेका विधार्थीहरु बीच सिजन मिडियाले सो प्रतियोगिता आयोजना गरेको थियो । सोमबार काठमाडौंमा सम्पन्न सो प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि अनुष्का थापाले प्राप्त गरिन् । निलुफा थापाले ‘सेकेन्ड रनर अप’, अस्मिता गौतमले ‘थर्ड रनर अप’ र अस्पु थापाले ‘फोर्थ रनर अप’को उपाधि जिते । अस्पुले ‘एसएमएस भोटर्स अवार्ड’ पनि जितिन् । अनुष्का, निलुफा, अस्मिता र अस्पुले १२ कक्षासम्म अध्ययनको लागि राजधानीका विभिन्न कलेजबाट पूर्ण छात्राबृति र विभिन्न उपहार हाासिल गरे ।
प्रतियोगितामा अन्य शिर्षकका उपाधि थिए ।Alisha Shrestha SLC Princess 2014 Winner (2) जसमा ‘डिसिप्लेन अवार्ड’ कृपा गुरुङले, ‘एजुकेशन अवार्ड’ किरण खत्रीले, ‘फोटो जेनिक अवार्ड’ श्लेशा लामिछानेले र ‘मिस पङचुअल अवार्ड’ जिन्टिना श्रेष्ठले प्राप्त गरे । ‘बेस्ट स्किन’को उपाधि प्रतिज्ञा शर्माले, ‘बेष्ट फ्रेण्डसिप’को उपाधि बेनाजियन राईले, ‘बेष्ट हेयर’को उपाधि अनुसा कायस्थाले, ‘बेष्ट स्माईल’को उपाधि कामना भट्टराईले प्राप्त गरे । त्यस्तै ‘मिस ट्यालेन्ट’को उपाधि रोजा केसीले ‘मिस पर्सनालिटी’को उपाधि शुलेक्षा महर्जनले, ‘लन्डन फेशन हाउस बेस्ट ड्रेस’को उपाधि डिम्पल शर्माले पाए । डिम्पलले ‘ब्युटिफुल आईज’को उपाधि पनि जितिन् । यस्तै आरजु गुरुङले ‘मिस इन्नोसेन्ट’, सिवानी भण्डारीले ‘मल्टिमिडिया अवार्ड’, रमिला श्रेष्ठले ‘बेस्ट वाक अवार्ड’ र आस्था बिस्टले ‘भिवर्स च्वाईस’ अवार्ड पाए । सोही प्रतियोगितामा यस पटक एसएलसीमा ९० प्रतिसत ल्याएकी दिव्या नेपालले ‘डिस्टिङसन अवार्ड’ पाईन् ।
सो प्रतियोगिताको रोजिन शाक्यले कोरियोग्राफी गरेको थिए । सो प्रतियोगिताको निर्णायकमा अभिनेता एवा चलचित्र निर्देशक आकाश अधिकारी, मिस इन्टरनेशन नेपाल–२०१२ शुभेच्छा खडका, सञ्चारकर्मी निर्मला आचार्य, शिक्षासेबीहरु गली अग्रवाल, प्रेम गुरुङ र धर्मेन्द्र पिठाकोटे थिए ।

ad

प्रतिक्रिया