Bisal Chautari Logo

सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि, बुबा सानु ताम्राकारले दागबत्ती दिए

- २२ असार २०८०, शुक्रबार २०:०५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० आषाढ, २२ शुक्रवार ।
अभिनेता सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सारुकको पार्थिव शरीरमा बुबा सानु ताम्राकारले दागबत्ती दिए ।

अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह आर्यघाटमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो । सारुकसँग ‘इन्टु मिन्टु लण्डन’मा सहकार्य गरेका को–स्टार धीरज मगरदेखि पाका अभिनेता शिव श्रेष्ठसम्मको उपस्थिति त्यहाँ थियो ।

बिहीबार बेलुका अभिनेता ताम्राकार काठमाडौंको रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले प्रारम्भिक अवस्थामा उनको मृत्यु आत्महत्याबाट भएको बताएपनि थप अनुसन्धान हुने जनाएको छ । उनको मृत्युको खबर सार्वजनिक भएपछि फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

सारुक वरिष्ठ अभिनेता सानु ताम्राकारका छोरा हुन् । फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए ।

https://fb.watch/lDS1o5YEAS/

प्रतिक्रिया