Bisal Chautari Logo

निर्देशक निश्चल बस्नेतको ‘दिमाग खराब’ ३६ दिनमा इन्डक्लाप

- ११ असार २०८०, सोमबार २१:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० आषाढ, ११ सोमवार ।
६ वर्षपछि निर्देशनमा फर्किएका सफल निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनिरहेको फिल्म ‘दिमाग खराब’को छायांकन सकिएको छ । ३६ दिनमा फिल्मको इन्डक्लाप गरिएको हो । आज भन्दा ३५ दिन अगाडी काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा फिल्मको मुहूर्त गर्दै काभ्रेबाट छायांकन सुरु गरेको हो ।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिकामा छन् । स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चलको निर्देशनमा काम गरेकी छिन् । ६ वर्षपछि निर्देशनमा देखिन लागेका निश्चलले जनता र शक्तिको कथा यस फिल्ममा पस्केका छन् । उनले पछिल्लो पटक सन् २०१७ ‘लुट २’ निर्देशन गरेका थिए ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।

प्रतिक्रिया