Bisal Chautari Logo

MISS TEEN IDOL 2014को आवेदन खुल्ला

- ५ असार २०७१, बिहीबार ०७:२६ मा प्रकाशित


miss teen idol 2014
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ५ बिहिबार । टिन एजर किसोरीमा निहित क्षमता र प्रतिभा उजागर गर्ने उद्देश्यका साथ सुरुभएको मिस टिन आइडल २०१४ को आवेदन फारम खुला भएको छ । एक्सन इन्टरटेनमेन्टको आयोजनामा हुने यस प्रतियोगीतामा १५ देखी १९ वर्ष उमेर समुुह र घटीमा कक्षा १० (सेन्टअप) पास गरेका किसोरीले भाग लिने पाउने छन । आवेदन फारम एक्सन इन्टरटेनमेन्टको कार्यालय अनामनगरबाट लिन सकिने छ ।miss-teen-idol-2014
सन् २००९ देखी वार्षिक रुपमा मिस मंगोल नेपाल र मिस लिटिल आइडल आयोजना गर्दै आएको यस कम्पनीले यसवर्षदेखी मिस टिन आइडल पनि सुरु गरेको हो ।
प्रतिभावान टिन एजर किसोरीका लागी प्रतियोगीता राम्रो प्लेटफर्म सावित हुने आयोजक संस्थाकी प्रबन्ध निर्देशक चन्दा घिसिङले बताइन् । उनका अनुसार असार १३ गतेसम्म आवेदन फारम भर्न सकिने छ, भने असार १४ गते शनिबार अडिसन हुने छ । अडिसनबाट छनोट भएका किसोरीका लागि असार २१ गतेदेखी प्रशिक्षण सुरु हुनेछ । प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा आगामी साउन १७ हुने छ ।

ad

प्रतिक्रिया