Bisal Chautari Logo

निर्देशक मिलन चाम्सले भने ‘जसिता बिना ‘लिलिबिली २’ (निर्माण भएमा) अपूरो हुन जान्छ’

- ११ असार २०८०, सोमबार २१:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० आषाढ, ११ सोमवार ।
निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले फिल्म ‘लिलिबिली’को दोस्रो श्रृंखला ‘लिलिबिली–२’ निर्माणको तयारी गरिरहेका छन् । फिल्मको अफर अभिनेता प्रदीप खड्कालाई गरिएकोमा निर्माण टिमसंग मौखिक सहमति भएको छ ।

यसैबिच ‘गोर्खा वारियर’ फिल्मको वल्ड प्रिमियरका लागी खटिरहेका मिलनले आइतबार साँझपख फेसबुकमा स्टाटस लेख्दै ‘लिलिबिली २’ निर्माण हुनेमा आफू सकारात्मक रहेको बताएका छन् । संगै ‘लिलिबिली २’ अभिनेत्री जसिता गुरुङ बिना अपूरो हुनेपनि स्ट्याटसमा उल्लेख गरेका छन् । निर्देशक चाम्सले लेखेका छन्, ‘लिलिबिली २’ बन्नेमा म निर्देशकको रूपमा एकदमै सकारात्मक छु । ‘लिलिबिली’मा जसिता गुरुङलाई मैले नै डेब्यू गराएको कलाकार हो, जसिता बिना ‘लिलिबिली २’ (निर्माण भएमा) अपूरो हुन जान्छ । अहिले म ‘गोर्खा वारियर’को प्रदर्शनीको तयारी कार्यमा एकदमै व्यस्त भएको कारणले कृपया अहिले मलाई ‘लिलिबिली २’को विषयमा प्रश्न नगरिदिनु होला ।’ जसिताले अभिनेत्रीको रुपमा ‘लिलिबिली’बाट डेब्यू गरेकी थिइन् । फिल्ममा उनको अभिनयको प्रशंसा भएको थियो ।

प्रतिक्रिया