Bisal Chautari Logo

सुनिताले ‘हिमाल, तराई, मेची महाकाली’ गाउँदा (भिडियो सहीत)

- ४ फाल्गुन २०७०, आईतवार ११:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ४ माघ ।
पछिल्लो समयमा नेपाली संगीतका पारखीहरु बढ्न थालेको पाइएको छ । प्राय देश बाहीरहका पश्चिमा संगीतलाई माया गर्ने दर्शकहरु नेपाली संगीतमा आकर्षित भएको अहिले हुने गरेका साङ्गीतिक कार्यक्रमहरुले नै प्रश्ट्याई रहेको छ । यस्तै क्रममा भृकुटी मण्डपमा चलिरहेको ‘हाम्रो नेपालको प्रर्दशनि’ मा यस्तो झलक देखिएको हो ।
नेपालको मेची महाकालीलाई समेट्ने गीत मात्र होइन, नेपाली पहिरणमै उपस्थित भएकी थिइन् अहिलेका व्यास्त गायिका सुनिता दुलाल । उनी कार्यक्रममा चौवन्दी चोली र फरीयामा उपस्थित हुदा उपस्थित नेपाली संगीतका पारखीहरुले एकसाथ हुटिङ दिएर स्वागत गरे । उनले कार्यक्रममा नेपाली गीत संगीतलाई माया गर्न आग्रह गर्दै, गाउन थालिन् । उनले पहिलो चोटी स्टेजमा ‘हिमाल, तराई, मेची महाकाली’ बोलको गीत प्रस्तुत गरेकी थिइन् । सो गीत गाउदा उनले स्टेजमा बजिरहेको संगीतको धुन भन्दा बढि दर्शकहरुको साथ पाएकी थिइन् ।
पछिल्लो समयमा सामाजिक काममा समेत निकै अग्रसर देखीएकी गायिका दुलालले त्यस गीतपछि आफ्ना चर्चित थप तिन गीतहरुपनि प्रस्तुत गरिन् । उनको पर्फमेन्समा केही दर्शकहरु स्टेजमै गएर नाचेकापनि थिए ।

प्रतिक्रिया