Bisal Chautari Logo

राजेश पायल राईको बारेमा अब पाठ्यक्रममा पढाई हुदै

- ४ असार २०७१, बुधबार १९:०७ मा प्रकाशित


Rajesh Payal Rai Students Reading English Grammar book of 7th grade
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ असार, ५ विहिबार । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पालय राईको क्लास ७ को ग्रामरमा पढाइ हुन सुरु भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा सकृय भएको करिव २३ वर्षलाई नियाल्दै गायक राई इज किङको पाठ्यक्रममा राखिएको हो ।Rajesh Payal Rai Students Reading English Grammar book of 7th grade (1)
गायक राजेश पायलले आफ्नो बारेमा अध्ययन हुने थाहा पाएपछी आफ्नो अफिसियल फेसबुक पेजमा लेख्दै ‘क्लास ७ को ग्रामरमा मेरो बारेमा पढाई हुन थालेकोमा म अत्यन्त खुशी छु । र यो खुशी सम्पूर्ण मेरा शुभचिन्तक आफन्त र नेपाली संगीतलाई माया गर्नेमा समर्पन गर्न चाहान्छु । अनी नेपाल सरकार र शिक्षा मन्त्रालय प्रती आभारी छु’, गायक राजेश पायलले लेखेका छन् । Rajesh Payal Rai Students Reading English Grammar book of 7th grade (2)यस बारेमा विशाल चौतारीसंग कुराकानी गर्दै राजेश पायलले आफ्नो बारेमा पुस्तकमा अध्ययन हुदा सम्पुर्ण नेपाली कलाकारहरुको सम्मानको रुपमा लिएको बताए ।
गायक राजेश पायल राईको मुर्छना एल्बमबाट सुरु संगीत यात्रा पछिल्लो समय दर्शन नमस्ते–२ ल्याउदा सम्म १७ वटा एल्बम भइसकेको छ । अहिले साङ्गीतिक वल्ड टुरको क्रममा अमेरीकामा रहेका गायक राईले १८ औ एल्बमको रुपमा सम्पुर्ण राई भाषाको एल्बम निकल्दैछन् ।

ad

प्रतिक्रिया