Bisal Chautari Logo

आशिष अबिरल र सुशीला पाठकको ‘ओ हो नि’को भिडियो सार्वजनिक

- ३१ जेष्ठ २०८०, बुधबार १७:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० जेठ ३१, बुधवार ।
गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ ।

भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईको सम्पादन, उत्सव दाहालको छायांकन र विकास प्रसाईको निर्देशन छ । भिडियो आशीष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया