Bisal Chautari Logo

चार सुन्दरी प्रतियोगिता एकै थलोमा–बालिकादेखी विवाहितसम्मका सुन्दरीको चयन

- ४ फाल्गुन २०७०, आईतवार १२:१० मा प्रकाशित


ब्रेकर : सोही अवसरमा मिसेज युनिभर्सल–२०१३ की विजता क्यारोल ली कार्यक्रमको प्रमुख अतिथिको रुपमा मलेसियाबाट नेपाल आएकी थिइन् । पहिलो पटक नेपाल आएकी उनले नेपाल आफुलाई निकै सुन्दर लागेको र नेपालीहरु सहयोगी र इमान्दार भएको बताईन् ।

विशाल चौतारी समाचार
काठमाडौं, ४ माघ ।
अन्तराष्ट्रि सौन्दर्य प्रतियोगीतको लागि इप्लानेटले बालिकादेखि विवाहितसम्मका चार सुन्दरीको चयन गरेको छ । प्लानेटले शनिवार राजधानीको आर्मी अफिर्स कल्वमा सुन्दरी प्रतियोगीताको आयोजना गरी यस वर्षका लिटिल मिस युनिभर्स नेपाल, मिस टिन युनिभर्स नेपाल, मिस इन्टरनेसनल नेपाल र मिसेज युनिभर्स नेपालको चयन गरेको हो । सोही अवसरमा मिसेज युनिभर्सल–२०१३ की विजता क्यारोल ली कार्यक्रमको प्रमुख अतिथिको रुपमा मलेसियाबाट नेपाल आएकी थिइन् । पहिलो पटक नेपाल आएकी उनले नेपाल आफुलाई निकै सुन्दर लागेको र नेपालीहरु सहयोगी र इमान्दार भएको बताईन् ।
प्रतियोगीतामा दृष्टि दाहालले द लिटिल मिस युनिभर्स नेपाल २०१४को उपाधि चुमेकी छिन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी लिटिल मिस हुन सफल भएकी छुन् । यस उपाधी पाएसंगै दृष्टिले विदेशमा आयोजना हुने द लिटिल मिस युनिभर्सल २०१४ मा सहभागिता हुने ढोका खुला गरेकी छिन् । लिटिल मिसको फस्र्ट रनरपको उपाधी प्रेरणा भट्राई र सेकेण्ड रनरपको उपाधी स्नेहा कार्कीले चुमेकी छिन् ।
यस्तै द मिस टिन युनिभर्स नेपाल २०१४ को उपाधी भने सुस्मीता लामाले जितेकी छिन् । यस प्रतियोगीतामा ६ जनाले भाग लिएका थिए । यस उपाधी चुमे सागै रक्षा नेपालको गुडविल एम्बेस्डर हुन सफल १५ वर्षिया सुस्मीताले विदेशमा हुने मिस टिन युनिभर्सल २०१४ मा नेपालको तर्फबाट भाग लिने आवसर पाएकी छिन् । उता मिस टिनमा फस्र्ट रनरपको ताज अलविना क्षेत्रीले र सेकेण्ड रनरपको ताज आफ्नो पोल्टामा पारिन् । यसैगरी द मिस इन्टरनेस्नल नेपाल २०१४ को ताज रिया वस्नेतले जित्न सफल भएकी छिन् । ३ प्रतिस्पर्धीलाई पछि पार्दै रिया यस वर्षको मिस इन्टरनेस्नल नेपाल बनेकी हुन् । अव उनले नेपालको तर्फबाट विदेशमा हुने द मिस इन्टरनेस्नल २०१४ मा भाग लिएर आफनो खुवि प्रदर्शन गर्नेछिन् । मिस इन्टरनेस नेपालको फस्र्ट रनरपको उपाधी प्रियंका ढकाल र सेकेण्ड रनरपको उपाधी तुलसा पुरीले हात पारीन् ।
७ प्रतिस्पर्धीलाई पछि पार्दै दीपा शाहि राणाले मिसेज युनिभर्स नेपाल २०१४ को उपाधी चुमेकी छिन् । यस उपाधीमा विजय भएसागै उनी पनि विदेशमा हुने मिसेज युनिभर्स २०१४ मा आफ्नो खुबि देखाउानेछिन् । मिसेज युनिभर्स नेपालको फस्ट रनरप को उपाधी एलिजा गौतम र सेकेण्ड रनरपको उपाधी लक्ष्मीशोभा तुलाधरले चुमेकी छिन् । उता लिटिल मिस युनिभर्स नेपाल तर्फ शितल पाण्डे लिटिल मिस ट्यालेन्ट, सयल रिमालल लिटिल मिस चार्मिङ, एञ्जल थापामगर लिटिल मिस डिसिप्लेन बन्न सफल भएका छन् । लिटिल मिस फोटोजेनिकको उपाधि सक्रिय लिम्बुले, लिटिल मिस पपुलरको उपाधि आभा खतिवडाले, लिटिल मिस कन्जनालिटीको उपाधि आकृति ताम्राकारले, लिटिल मिस इन्टेलिजेन्टको उपाधि एञ्जेलिना योञ्जनले र लिटिल पर्सनालिटीको उपाधि कृति दियालीले हाता पारिन् ।
मिस टिन तर्फ आभा आचार्यले फोटो जेनिकको, समीक्षा राईले पपुलरको, रिया बस्नेतले पर्सनालिटीको र सोनिमा गुरुङले कन्जनालिटीको उपाधि हात पारे । यस्तै मिसेज युनिभर्स नेपाल तर्फ दीपा शाही राणाले व्युटि विथ पपोर्जको उपाधि, एलिजा गौतमले फोटोजेनिकको उपाधि, प्रतिमा श्रेष्ठले मिसेज पपुलरको उपाधि, विपना बस्नेतले मिसेज कन्जनालिटीको उपाधि, शर्मिला खड्काले मिसेज इन्टेलिजेन्सको उपाधि र ज्योती रिमालले मिसेज पर्सनालिटीको उपाधि हात पारे ।
प्रतियोगिताको निर्णायकको रुपमा फोटोग्राफर राजभाई सुवाल, अमेरिकन निर्णायक इन्जिनियर ग्लान र्‍यामोर, मेघा बैंककी निर्देशक रबिना देशमुख श्रेष्ठ, रक्षा नेपालकी मेनुका थापा, अग्रज व्युटिसियन कमला श्रेष्ठ लगायत रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गरेका थिए ।

add

प्रतिक्रिया