Bisal Chautari Logo

सुटिङ सकिएपछी पुजाको निर्देशकसंग छमछमी (फोटो फिचर सहित)

- ४ असार २०७१, बुधबार १५:४६ मा प्रकाशित


Ajhai Pani nepali movie | Alok Nembang and Pooja SharmaAjhai Pani nepali movie  Alok Nembang and Pooja Sharma (4)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ असार, ४ बुधवार । चलचित्र ‘अझै पनि’को ईन्ड क्ल्याप पार्टिको रौनक हेर्न लायक थियो । निर्देशक सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा तयार भएको सिनेमाको छायांकन सकिएको अवसर पारेर काठमाण्डौमा सो पार्टीको आयोजना गरिएको थियो ।
पार्टीमा वितरकहरु सुनील मानन्धर, प्रदीप कुमार उदय, सुरेश दर्पण पोखरेल सहित गोपाल कायस्थ पान परागको पनि उपस्थिती थियो ।
म्युजिक भिडियो निर्देशनमा सफल मानिएका निर्देशक आलोक नेम्वाङले ५ बर्षपछि यो चलचित्रको निर्देशन गरेका हुन् । उनले कार्यक्रममा होस्ट गर्दै सिनेमा उत्कृष्ट बनाएको बताए । काठमाण्डौका विभिन्न गाउँ र मुडेमा सिनेमाको छायांकन गरिएको निर्माणपक्षले बताएको छ ।

[gss ids=”4090,4091,4093,4094,4092″]

सोसल लभस्टोरी फर्मुला भित्र रहेर बनेको चलचित्र ‘अझै पनि’मा निर्देशकबाट अभिनेता बनेका सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी, सचिन सिंहको संगीत, अष्ट महर्जनको दन्द्ध रहेको छ । चलचित्रलाई कष्ट्यूम डिजाईनर समेत रहेकी पुनम गौतम र सुदर्शन थापाले मिलेर बनाएका हुन् ।

ad

प्रतिक्रिया