Bisal Chautari Logo

असीस कौरको हिन्दी गीत ‘कृष्ण तेरी हो गई’मा राधा बनिन् अदिती बुढाथोकी

- ३० जेष्ठ २०८०, मंगलवार २२:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० जेठ ३०, मंगलवार ।
बलिउड उद्योगमा संर्घषरत नेपाली अभिनेत्री अदिति बुढाथोकीद्धरा अभिनित ‘कृष्ण तेरी हो गई’ बोलको हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा उनी भगवान् कृष्णको भक्तको रुपमा देखिएकी छन् । भिडियोमा राधाको रुपमा समेत उनलाई देखाइएको छ । भगवान् कृष्णको काँधमा शिर राखेर बाँसुरीको धुनमा उनी मन्त्रमुग्ध राधा बनेकी छिन् ।

‘कृ’ र ‘बाबरी’ दुई नेपाली फिल्म अभिनय गरेकी अदितीले भारतमा थुप्रै म्युजिक भिडियो खेलेकी छन् । बलिउड फिल्ममा अभिनय गर्ने उनको सपना हो । त्यो अहिलेसम्म पनि पुरा भएको छैन । त्यसका लागि उनले बेलाबेलामा म्युजिक भिडियो र वेब सिरिज मार्फत आफूलाई चिनाउने र निखार्ने गर्दै आएकी छन् । अहिले पनि उनी एक हिन्दी वेब सिरिज ‘म्युजिक’को सुटिङमा ब्यस्त छिन् । त्यहाँको फेसन शोको अनुभव पनि छ उनीसँग ।

भारतकी चर्चित गायिका असीस कौरको स्वर रहेको गीतमा जानीको शब्द, गौरव देव र कार्तिक देवको संगीत छ । भिडियोमा किन्शुक वैद्य भगवान् कृष्णको भूमिकामा छन् । अदीतीले गीतको क्लिप्स सामाजिक संजालमा पनि शेयर गरेकी छन् । जसमा उनले भिडियो छायांकनको बेला रमाइलो भएको उल्लेख गरेका छिन् । उनी नेपाली फिल्म ‘बाबरी २’मा देखिन लागेकी छन् । यो उनकै होम प्रोडक्सन बाबरीबाट निर्माण हुन लागेको हो ।

प्रतिक्रिया