Bisal Chautari Logo

कमेडी सिरिलयलका हिट जोडी रियाशा र बेगम म्युजिक भिडियोमा रोमान्टिक

- २५ जेष्ठ २०८०, बिहीबार १६:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० जेठ २५, बिहिवार ।
गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बेगम नेपालीको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’ फिचर्ड छन् । रोमान्टिक फ्लेभरको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ । रियाशा र बेगम टेलिफिल्म ‘गाह्रो छ हो’मा रुचाइएका जोडी हुन् । भिडियो बेगम फिल्मस्को व्यानरमा निर्माण गरिएको हो भिडियोको छायांकन कुलेखानीमा गरिएको छ । काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन र कलर, अजय रेग्मीको छायांकन, प्रशान्त मगरको सहायक निर्देशन रहेको छ । भिडियो भटभटे माइला युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया