Bisal Chautari Logo

युएइमा राजेशपायल सहित कलाकारले धुम मच्चाए

- ४ फाल्गुन २०७०, आईतवार १६:११ मा प्रकाशित


विशाल राई समाचार
युएइ, ४ फागुन ।
यूएई र काठमाण्डौंमा मुलपानी इन्डोर क्रिकेट प्राक्टिस ग्राउण्ड निर्मार्ण सहयोगार्थ एनआरएनए यूएईले युएइको अल एन र अबुधाबीमा आयोजना गरेका दुइ सांस्कृतिक कार्यक्रममा चर्चित गायक राजेश पायल राई सहितका कलाकाहरुले धुम मच्चाएका छन् । उपस्थित दर्शकहरुलेपनि कार्यक्रमको प्रसंसा गर्दै भब्य रुममा सम्पन्न भएको बताएका छन् । गत फेब्रुअरीको १३ तारिख बिहिबार साँझ अलऐनको जोर्डनी क्लब र १४ तारिख शुक्रवारका दिन आबुधाबीको केरला सोसियल सेन्टरमा कलाकारहरुले प्रस्तुती दिएका हुन् ।
भव्य दर्शकहरुको माझमा सम्पन्न भएको कार्यक्रममा गायक राजेशपायल राई, हास्य कलाकार तथा गायक नारद खतिवडा लगायत युएइमै रहेका नेपाली कलाकारहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए ।
अबुधाबी स्थित केरला सोसियल सेन्टरमा शुक्रबार साँझ भएको भएको कार्यक्रममा दर्शकहरुको साथलाई निभाउदै चर्चित गायक राजेशपायलले डेढ घण्टा भन्दा बढी लगातार नचाई रहे । गायक राईले कार्यक्रममा नन् स्टप करिब २० वटा आफ्ना चर्चित–चर्चित गीतहरु गएका थिए । गायक राजेशपायलको साङ्गीतिक धुनमा युएइको चिसो माहोललाई वास्तै नगरी उपस्थित दर्शकहरु नाचिरहेका थिए ।
कार्यक्रममा गायक राजेशपायलले पहिलो प्रस्तुतीको रुपमा सेन्टिमेन्टल गीतहरु गाए । तर दर्शकहरुले पछिल्लो एल्बम ‘दर्शन नमस्ते–२’को चर्चामा रहेको गीतहरु सुनाउन दर्शकदिर्घाबाट आफर आएपछि उनले सोही एल्बमका गीतहरु पनि सुनाएका थिए । गायक राजेशपायालले कार्यक्रममा ‘शिरै फुल शिरबन्दी’, दर्शन नमस्ते, हितैको मायालाई, नौजाले मायाले, मोहनी लाग्ला है, धरान धनकुटा भेडेटार, जुनतारा तीनतिर टलल जस्ता आफ्ना चर्चित गीतहरु गाएर माहोललाई संगीतमय बनाएका थिए ।
अबुधाबीमै भएको पहिलो चरणको औपचारिक कार्यक्रममा गायक राजेशपाय राईलाई सम्मानपनि गरिएको थियो ।

add

प्रतिक्रिया