Bisal Chautari Logo

दयारामको नारी हिंसा रोक्न ‘मिसन फोर ट्वान्टी’

- ३ असार २०७१, मंगलवार ११:०३ मा प्रकाशित


dayaram dahal new movie mission 420
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ असार, ३ मंगलबार । कुनै समयका व्यास्त निर्देशक दयाराम दाहालले पछिल्लो समय निर्देशन गरेको चलचित्र ‘मिसन फोर ट्वान्टी’ प्रर्दशनमा आउने भएको छ । केही दिन अगाडी काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजनामा निर्देशक दाहालले सानो क्यानभासमा सुन्दर सिनेमा बनेको दाहालले बताएका छन् ।dayaram dahal new movie mission 420
निर्देशक दयाराम दाहालका अनुसार ‘समाजमा जारी नारी हिंसा र शोषणको घटनाको प्रतिनिधि घटनालाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ ।’ सञ्चारकर्मी माझ निर्देशक दाहालले बोल्दै भने –‘कुनै पहाड फोरेर या इतिहास रच्न मैले यो फिल्म बनाएको होइन । हाम्रै समाजमा घट्ने समाजको घटनालाई चलचित्रमा उतारेको छु ।’
चलचित्रकी अभिनेत्री महिमा सिलवालले ‘मिसन फोर ट्वान्टी’ नारी हिंसा विरुद्ध बनेको कुरालाई नै जोड दिदै यो चलचित्रमा निभाएको भूमिकाले आफ्नो सिनेमा करिअर समेत माथि उठ्ने विश्वास व्यक्त गरिन् । त्यस्तै यसअघि ‘एउटा मान्छेको माया’ नामक चलचित्र निर्माण गरेका निर्माता कुमार विष्टले ‘मिसन फोर ट्वान्टी’ ले राम्रो व्यापार गर्ने आशा व्याक्त गरे । दुई दशक पत्रकारिता गरेका समेत गरेका निर्माता विष्टले चलचित्रको प्रचार–प्रसारमा पत्रकार साथीहरुले साथ दिनको लागी आग्रह समेत गरे । चलचित्रमा महिमासँगै सुमन सिंह, सुनिल थापा, राजाराम पौड्याल, रबिन्द्र खड्का, निर्मल शर्मा, निर्मल सेञ्चुरी, शेखर खनाल, ओम प्रतिक, कृष्टि पौडेल लगायतको अभिनय रहेको छ । यो चलचित्रलाई काठमाण्डौंमा गोपाल कायस्थ र मोफसलमा एफडि कम्पनीले वितरण गर्दैछ । चलचित्र यही शुक्रबार असार ६ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ ।

AD

प्रतिक्रिया