Bisal Chautari Logo

‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक, मुस्ताङमा शिल्पा र गौरव रोमान्टिक

- १८ जेष्ठ २०८०, बिहीबार १५:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० जेठ १८, बिहिवार ।
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया बस्यो तिमीसँग’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव बिष्टलाई फिचर्ड गरिएको छ । केके ब्रोदर्स अर्था कोशिस र केतन क्षेत्रीको कम्पोज र शब्द रचना रहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

पोस्टर रिलिजसँगै चर्चामा आएको सिनेमाको सार्वजनिक गीत मुस्ताङका रमणीय स्थानमा खिचिएको छ । सिनेमाको सार्वजनिक गीतमा मुख्य अभिनेत्री शिल्पा मास्के र गौरव बिष्टको रोमान्टिक केमेष्ट्री गज्जब देखिएको छ । नेपाली र हिन्दीमा रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी हेर्न सकिन्छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमामा शिल्पा र गौरवका अलवा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमाको हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ । सिनेमाको प्राविधिक काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।

प्रतिक्रिया