Bisal Chautari Logo

पोर्चुगोललाई ४–० को अन्तरमा जर्मनीको सहज जित

- २ असार २०७१, सोमबार १८:३२ मा प्रकाशित


German vs Portugal
साल्भाडोर – थोमस मुलरले विश्वकप २०१४ को पहिलो ह्याट्रिक गरेपछि जर्मनीले सोमबार पोर्चुगललाई एकपक्षीय रपमा ४–० ले हरायो । जितले जर्मन टिम समूह ‘जी’को शीर्ष स्थानमा रहेर दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ । चार वर्ष अगाडि दक्षिण अफ्रिकामा सर्वाधिक पाँच गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका मुलर ब्राजिली भूमिमा छाउन सफल रहे ।German vs Portugal (3)
मुलरको यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्िरक हो र विश्वकपमा उनको व्यक्तिगत गोल संख्या सात खेलमा आठ पुगेको छ । जहाँ जर्मनीका लागि ब्राजिल यात्राको पहिलो खेल प्रभावशाली रह्यो, ठीक त्यहीं पोर्चुगलका लागि केही पनि राम्रो रहेन । पोर्चुगलले अधिकांश समय दस खेलाडीमा सीमित रहेर खेलेको थियो । रोनाल्डो पनि फिक्का देखिए र उनले कुनै जादुयी खेल प्रदर्शन गर्न सकेनन् । हारपछि पोर्चुगलले आफ्नो दोस्रो खेलमा उत्कृष्ट पुर्नआगमन गर्नु पर्नेछ ।German vs Portugal (1) जर्मनीले मुलरको पेनाल्टी गोलबाट १२ औं मिनेटमा अग्रता लिएको थियो । मारियो गोट्जलाई जाओ परेराले पोर्चुगाली पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीलाई बायर्न म्युनिख खेलाडी मुलरले सजिलै गोलमा परिणत गरे । म्याट्स हुमेल्सले ३२ औं मिनेटमा दोस्रो गोल थपे । German vs Portugal (2)
टोनी क्रोजको कर्नरमा बोसिर्या डर्टमन्ड डिफेन्डरले शक्तिशाली हेड गर्दै बललाई पोस्टको दिशा दिएका हुन् । लगतै मुलरलाई टाउकोले ठक्कर दिएपछि पोर्चुगाली डिफेन्डर पेपे रातो कार्ड खाँदै ३७ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । इन्ज्युरी समयको पहिलो मिनेटमा मुलरले दुई पोर्चुगाली डिफेन्डरबीच प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मुलरको ह्याट्रिक भने ७८ औं मिनेटमा पूरा भएको थियो । आन्द्रेयी स्कलरको पासमा मुलरले आफ्नो तेस्रो गोल पूरा गरे । अब मुलरसामु लगातार दोस्रो विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट अवार्ड जित्ने सम्भावना रहेको छ । (कान्तिपुर अनलाइन साभार, तस्बिर : गेट्टी)

प्रतिक्रिया