Bisal Chautari Logo

मोबाइलबाट खिचिएको चलचित्र प्रतियोगिता हुने

- २ असार २०७१, सोमबार १४:२५ मा प्रकाशित


drishyansha a nationwide cell phone nepali short film competition .
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ असार, २ सोमबार । सर्ट चलचित्र प्रतियोगिताले प्रतिभा भएको युवा पुस्तालाई अवसर सृजना गरिरहेको समयमा अझ सहज बनाउदै मोबाइलबाट खिचिएको चलचित्र प्रतियोगिता हुने भएको छ । यही जुलाई ५ तारिखमा ‘दृश्यांश’ नामक राष्ट्रव्यापी चलचित्र प्रतियोगिता हुने केही दिन अगाडी काठमाडौमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको थियो ।drishyansha-a-nationwide-ce
सर्वनाम थिएटर र ३६० डिग्री माउन्टेन फिल्मस्को संयुक्त आयोजनामा ‘दृश्यांश’ राष्ट्रव्यापी प्रतियोगितामा मोबाइल तथा अन्य क्यामेराले खिचिएका लघु चलचित्रको आव्ह्वान हिजो असार आइतवारबाटै गरिएको छ । आयोजकले बताए अनुसार चलचित्रको भाषा नेपाली हुनु पर्ने बताईएको छ । छानिएका उत्कृष्ट दश चलचित्रलाई कार्यक्रम आयोजना हुने दिन कालिकास्थानको सर्वनाम नाटक घरमा प्रदर्शन गरिनेछ । नेपाल र नेपाल बाहिरबाट प्राप्त लघु फिल्मबाट उत्कृष्ट तीनलाई पुस्कार समेत प्रदान गरिनेछ । पहिलो हुनेलाई डेल ल्यापटप सहित ‘दृश्यांश’ अवार्ड र सर्वनामद्धारा नि:शुल्क तीन महिने नाट्य कार्यशालाको व्यवस्था छ । दोश्रो तथा तेश्रो हुनेलाई १० इन्च नियो एन्ड्रोइड ट्याबलेट, ‘दृश्यांश’ अवार्ड र सर्वनामले नि:शुल्क तीन महिने नाट्य कार्यशालको व्यवस्था छ ।
निर्णायक मण्डलमा वरिष्ठ रंगकर्मी अशेष मल्ल, फिल्मकर्मीद्धय अविनाश विक्रम शाह, आशिफ शाह र लेखक तथा कला समीक्षक फूलमा वल रहेका छन् । रंगकर्मी मल्लले चलचित्रको विषय र प्रस्तुतीको आधारमा निर्णय गरिने बताएका छन् ।

ad

प्रतिक्रिया