Bisal Chautari Logo

विल्सनलाई एउटा सिनेमाबाट १६ लाख

- ४ फाल्गुन २०७०, आईतवार १७:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ४ फागुन ।
पछिल्लो समय नेपाली चलचित्रमा व्यास्त अभिनेताको रुपमा परिचित अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’ल एउटा सिनेमाका लागी १६ लाख रुपैयाँ पाउने भएका छन् । ‘तक्मे बुढा लस्ट इन लण्डन’ सिनेमाका लागि अभिनेता विल्सनले सो रकम पारिश्रमिक स्वरुप लिने सम्झौता गर्न लागेको बताइएको छ ।
एउटा सिनेमा खेले वापत कुनै पनि नेपाली कलाकारले हालसम्म पाएको यो नै उच्च पारिश्रमिक रकम हो । बेलायतमा छायाँकन हुने सिनेमा ‘तक्मे बुढा लस्ट इन लण्डन’ का लागि निर्माण कम्पनीले १० हजार पाउण्ड अर्थात १६ लाख रुपैयाँमा सम्झौता गर्न लागेको हो । चलचित्रको कथापनि ‘तक्मे बुढा’ माथि आधारित भएकाले पारिश्रमिक स्वरुप उक्त रकम लिन लागेको विल्सनले बताए । अभिनेता विल्सनले भनेका छन्, ‘यो पारिश्रमिक भन्दा पनि तक्मे बुढाको ‘ब्रान्डको महत्व भएको हो ।” चलचित्रमा अभिनेता विल्सन दोहोरो भूमिकामा देखिने पनि भएका छन् । विल्सनको उच्च पारिश्रमिक रहेको यस चलचित्रलाई निरक पौडेलले निर्देशन गर्ने भएका छन् । चलचित्रका निर्माता निर केदेन हुन् ।

add

प्रतिक्रिया