Bisal Chautari Logo

धीरज र अदितीलाई ‘बाबरी’बाट सर्वश्रेष्ठ स्क्रिन कपल २०७९ सिने सर्कल अवार्ड

- ३ जेष्ठ २०८०, बुधबार १६:५५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख ३, बुधवार ।
अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीले ‘बाबरी’ चलचित्र मार्फत सर्वश्रेष्ठ स्क्रिन कपल २०७९को सिने सर्कल अवार्ड जितेका छन् । गत शुक्रबार आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको अवार्ड समारोहमा धीरज र अदिती सहभागी नभएपनि बाबरी फिल्मका निर्माता गणेश बुढाथोकीले सो अवार्ड लिएका थिए ।

बाबरी फिल्मबाट दर्शकको माया बटुलेका धीरज र अदितीको जोडी रुचाईको थियो । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल चलचित्रको घोषणा गरेकी थिइन् । सो अनटाइटल चलचित्रमा मुख्य कलाकारको रुपमा ‘बाबरी’कै कलाकारहरु धिरज र अदिति फाइनल भएका थिए । अनटाइटल चलचित्रको घोषणापनि धीरज र अदितीकै क्रेजलाई लिएर गरिएको थियो । अवार्ड समारोहमा अनटाइटल प्रोजेक्टको बारेमा कुरा गर्दै निर्माता गणेशले भने ‘अहिले स्कृप्टको काम भइरहेको छ ।’

प्रतिक्रिया