Bisal Chautari Logo

चलचित्र विकास बोर्डले दाङमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव गर्ने

- २ जेष्ठ २०८०, मंगलवार २१:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख २, मंगलवार ।
चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । आगामी असार १, २ र ३ गते दाङमा बाल चलचित्र महोत्सव गर्ने बोर्डको मंगलबार बसेको बैठकले निर्णय गरेको प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । महोत्सवको संयोजकमा बुढाथोकीलाई तोकिएको छ ।

उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक फिल्मको प्रदर्शनी हुनेछ। साथै, फिल्मज्ञानसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुने बुढाथोकीले बताए ।

महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रमसमेत गरिने जनाइएको छ । बालबालिकामाझ फिल्मको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, फिल्म अभ्यास गराउने, बाल फिल्म क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने महोत्सवको उद्देश्य छ ।

प्रतिक्रिया