Bisal Chautari Logo

राजेशपायल र शान्तिश्रीको स्वरमा फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक

- २ जेष्ठ २०८०, मंगलवार २०:३९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख २, मंगलवार ।
फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत रिलिज भएको छ । गत सोमबार काठमाडौंमा आयोजित प्रेसमिटमा यो डान्सिङ ट्रयाक सार्वजनिक गरियो । भिडियोमा फिल्मका शीर्ष कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा, बुद्धि तामाङ लगायत फिचर्ड छन् ।

गाउँको कुनै मेलापर्वको सेटिङमा खिचिएको यो गीत नृत्यपरक लाग्छ । सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध गीतमा राजेशपायल राई र शान्तिश्री परियारको स्वर समावेश छ । नारायण खातीले गीत लेखेका हुन् । प्रेसमिटमा निर्देशक राजु गिरीसहित कलाकारले फिल्म र यो गीतबारे चर्चा गरे ।

धनको पछि लाग्दा समाजमा आउने द्वन्द्व र मायाको मूल्यबारेको कथावस्तुमा निर्माण भएको फिल्ममा गौरव र नम्रतासहित सरोज खनाल, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली लगायतको अभिनय छ । ‘दुई नम्बरी’ र ‘हात्तीछाप’ फेम्ड निर्माण किरण नेपालीले यो फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेका छन् । सुवर्ण शिवांश फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । यो फिल्म भदौ १ गते बाट प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया