Bisal Chautari Logo

RAJESH PAYAL RAIले पहिलो साङ्गीतिक भ्रमणमै हल्लाए अमेरीका

- २ असार २०७१, सोमबार १२:१३ मा प्रकाशित


Rajesh payal rai USA live concert
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ असार, २ सोमबार । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका नम्बर एक गायक राजेशपायल राईले पहिलो अमेरीका भ्रमणमै साङ्गीतिक प्रस्तुती मार्फत हल्लाएका छन् । गायक राईले अमेरीकाको टेक्सास सहरमा भएको भव्य कार्यक्रममा दर्शकहरुलाई नचाएका थिए । Rajesh payal rai USA live concert (2)
आफ्नो पहिलो साङ्गीतक भ्रमण अमेरीका भएपनि पहिलो कार्यक्रम नै अत्यन्तै सफल रहेको राजेशपायलले विशाल चौतारीलाई बताए । त्यस्तै आयोजक हिमालयन फेस्टिभलका अध्यक्ष मित्र घलेलेपनि कार्यक्रम अत्यन्तै सफल र एतिहासीक भएको बताए । कार्यक्रम जुन १५ तारिकको दिन नेपाली समय ३ बजे सुरु भएपनि आयोजकले कार्यक्रममा गायक राजेश पालयलाई करिव ९ बजेमात्र स्टेजमा उतारेका थिए । कार्यक्रममा अमेरीकामै बसोबास गर्ने कलाकारहरु प्रेमराज महत, जगदिश समाल, नलिना चित्रकार र शान्ति भण्डारीले आ–आफ्नो प्रस्तुती दिएका पश्चात अन्तिम आकर्षणको केन्द्रमा आयोजकले राखेको गायक राजेशपायल राईलाई बोलाइएको थियो । उनले स्टेजमा पुगेपछि लगातार रुपमा वान्समोरको तालि बोली दर्शक दिर्घाबाट आइरहेपछी २ घण्टाबढी प्रस्तुती दिएका थिए ।

[gss ids=”4052,4053,4058,4057,4056,4054,4055″]

गायक राजेश पायलले कार्यक्रमको सुरुवातीमा चलचित्र ‘नाइ नभन्नु ल–२ को आफ्नो चर्चित गीत ‘फेरी फेरी फेरी नाई नभन्नु ल’ बोलको गीत गाएका थिए । त्यसपछी क्रमश रुपमा आफ्नो चर्चित गीतहरु गाउने क्रममा ‘शिरै फुल शिरबन्दी, दर्शन नमस्ते, दर्शन नमस्ते–२, धरान धनकुटा, दिक्तेल बजार, छैन तिमी बाहेक, मोहनी लाग्ला है, ओखरे साइला, सागर सरी चोखो माया, लगायतका गीतहरु गाएका थिए । सागर सरी चोखो माया बोलको गीत गाउँदा भने दर्शक दिर्घाबाट राधाले साथ दिएकी थिइन् ।
आफ्नो साङ्गीतिक वल्ड टुरको क्रममा अष्ट्रेलियाको भव्य कार्यक्रम सफल्ताको साथ सम्पन्न गरी राई इज किङ राजेशपायल राई पहिलो चोटी अमेरीका पुगेको कार्यक्रमपनि भव्य र सभ्य भएकाले आयोजकलाई धन्यवाद दिएका थिए ।
वल्ड टुरमा निश्किएका गायक राजेशपायलको यो अमेरीका दोस्रो देश हुनेछ, भने पहिलो चोटी अमेरीका भ्रमण हो । टेक्सासमा भएको भव्य कार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बा र सञ्जय गुप्ताले उद्घोषण गरेका थिए ।

ad

प्रतिक्रिया