Bisal Chautari Logo

शुक्रबार हलमा : प्रसाद २, नाइँ नभन्नु ल ६ र कैदीको पत्र

- १५ बैशाख २०८०, शुक्रबार ०९:२५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख १५, शुक्रवार ।
आज शुक्रबार हलमा ३ नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नयाँ रिलिजमध्ये ‘प्रसाद २’, ‘नाइँ नभन्नु ल ६’ र ‘कैदीको पत्र’ कथानक फिल्म हुन् । त्यस्तै ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ डकुमेन्ट्रीपनि आजबाट हलमा प्रर्दशनमा आएको छ । ‘जारी’ पनि धेरै शो सहित तेस्रो सातामा प्रवेश गरेको छ ।

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको छ । फिल्ममा यसका मुख्य पात्रहरु बाबुराम र नारायणीको जीवनयात्राको कथा पेश गरिएको छ । अघिल्लो भागपछिको कथावस्तु यसमा छ । अन्तरजातीय विवाह गरेर गाउँबाट भागेको यो जोडीले दोस्रो भागमा राजनीति र समाजका अवरोधसँग संघर्ष गर्नुपर्छ ।

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ ड्रामा जनरामा राखिएको फिल्ममा आशिर्वाद बराल र आँचल शर्माको शीर्ष भूमिका छ । किशोर र तन्नेरी पुस्ताको प्रेम र परिवारको कथावस्तुमा बनेको यो फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, सरोज खनालको पनि अभिनय छ ।

सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’मा कुनाल विश्व, म्याडिसन लाजारुस, सलिना थापाको शीर्ष भूमिका रहेको छ । फिल्मले बेलायतको नेपाली समुदायमा भएको त्रिकोणात्मक सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ ।

प्रतिक्रिया